८० हजार नजिक पुग्यो सुनको मूल्य « Khabarhub

८० हजार नजिक पुग्यो सुनको मूल्य


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सुन चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । बढेसँगै मूल्य ८० हजार नजिक पुगेको छ ।

शुक्रबार ७८ हजार १ सयमा कारोबार भएको छापावाला सुन आइतबार ७ सयले बढेर ७८ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७८ हजार ५ सयमा कारोबार भइरहेको छ ।

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुन बजारमा पनि परेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १२ : ०० बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको