कोरोना भाइरस : ईपीएस मार्फत कोरिया जाने तयारीमा रहेका नेपालीको उडान रोकियो « Khabarhub

कोरोना भाइरस : ईपीएस मार्फत कोरिया जाने तयारीमा रहेका नेपालीको उडान रोकियो


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढेपछि ईपिएस मार्फत यसै हप्ता कोरिया जान तयार भएका नेपालीको उडान रोकिने भएको छ ।

यसै हप्ताका लागि कोरियाको उडान तोकिएका करिब ५० जना नेपालीको उडान मार्च तेस्रो सातासम्मका लागि स्थगित गरिएको हो ।

ईपिएस कोरिया शाखा प्रमुख कृष्ण खनालका अनुसार ईपीएस मार्फत कोरिया जान लागेका करिब ५० जनाको उडान मार्च तेस्रो सातासम्मका लागि स्थगित भएको हो । १९ गते एउटा ग्रुप कोरिया जाँदै थियो ।

रोष्टरमा नाम आई सम्पूर्ण प्रक्रिया पूरा गरि कोरिया जाने अन्तिम तयारीमा रहेका नेपालीको उडान तत्काललाई स्थगित हुने अवस्था देखिएको उनले बताए ।

केही दिन यता दक्षिण कोरियामा कोरोना भइरसको संक्रमण बढ्न थालेको छ ।

शनिवारसम्ममा करिब साढे चार सयमा संक्रमण देखिएको समाचारहरु सार्वजनिक भएका छन् । यससँगै रोजगारका लागि कोरिया गएका करिब ४० हजार नेपाली जोखिममा परेका छन्।

हाल दक्षिण कोरियामा कोरोनाभाइरसको कारण २ जानाको मृत्यु भइसकेको छ भने ४ सय ४३ जनामा संक्रमण फैलिएको छ ।

चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा संक्रमण पुष्टि भएको र दुई हजार ३ सय ४५ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १२ : ४३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल