जानिराखौं मोबाइललाई चार्ज गर्दा गर्नै नहुने काम « Khabarhub

जानिराखौं मोबाइललाई चार्ज गर्दा गर्नै नहुने काम


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपालको जनसंख्या भन्दा बढी मोवाइल फोनको संख्या पुगिसक्नुले पनि यसका प्रयोगकर्ताको संख्यालाई प्रष्ट्याउँछ ।

हामी फोनबाट वा मोबाइलबाट अलगिएर बस्न सक्ने सम्भावना नै छैन । यसले हाम्रा दैनिक कामहरुमा निकै सहयोग पुर्‍याएको छ ।

तर, अर्कोतिर यसको बेफाइदा पनि छ । त्यो हो– हामीले चलाउने स्मार्टफोनको ब्याट्रि धेरै नटिक्नु ।

त्यसैले हामी मोबाइललाई पावरमा जोडिरहेका हुनसक्छौँ, मोबाइल जतिबेलै चार्ज गर्न खोजिरहेका पनि हुनसक्छौँ । तर, मोबाइल चार्ज गर्दा केही कुराहरुमा चाहिँ ध्यान दिनु पर्ने हुन्छ ।

  • मोबाइल धेरै बेर चार्जमा नजोड्नोस – सामन्यतयाः तीन घन्टाभन्दा बढी मोबाइल चार्जरमा जोडिरहनु हुँदैन । त्यसैले राति मोबाइलमा चार्जर जोडेर छोड्ने बानी छ भने हामी त्यसबाट सतर्क हुनैपर्छ ।
  • पावर बैंक वा डुप्लिकेट चार्जर – पावर बैंक वा डुप्लिकेट चार्जरले मोवाइल चार्ज गर्ने बानी छ भने आजैदेखि यो बानी पनि हटाउँनोस् ।  यसले हाम्रो मोबाइलको ब्याट्री निकै छिटो बिग्रने समस्या हुनसक्छ ।
  • चार्ज गर्दै नचलाउने – मोबाइललाई चार्ज गर्दै चलाउने बानी छ भने आजैदेखि यस्तो बानी त्याग्नोस् । सबैभन्दा खराब यो बानीले तपाईको ज्यानै पनि लिन सक्छ ।
  • चार्ज लाउँदै बोल्न नहुने – मोबाइललाई चार्जमा लगाउँदै फोनमा बोल्ने तपाई हाम्रो बानी छ भने त्यो पनि खराब नै हो । चार्ज गरिरहेका बेला नै मोबाइलमा बोलिदा अधिक सक्रिय अवस्थामा रहेका इलेक्ट्रो म्याग्नोटिक्स वेभबाट निस्कने रे अर्थात विकिरणले मानव शरीरलाई घात गर्छ ।

मोबाइल चलाउँदै चार्ज गर्दा विद्युत सर्ट हुने खतरा बढी हुन्छ । यसले तपाईको मोबाइल पड्किएर तपाईको ज्यान पनि लिन सक्छ । नेपालमा नै मोवाइल पड्किएका घटना पनि सम्भवतः तपाईले सुन्नु भएकै होला ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १ : ०३ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा