ओली र विप्लवको ‘बर्थ डे ‘ एकै दिन ! « Khabarhub

ओली र विप्लवको ‘बर्थ डे ‘ एकै दिन !


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको आज जन्मदिन परेको छ ।

प्रधानमन्त्री ओलीे ६९ वर्षमा प्रवेश गरेका छन् भने ५२ वर्षमा प्रवेश गरेका छन् ।

प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव ‘विप्लव’ को आज जन्मदिन परेपछि सामाजिक सञ्जालमा उनले बधाइ एवं शुभकामना पाइरहेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ को जन्म रोल्पाको केवरीस्थित मध्यमवर्गीय परिवारमा २०२४ साल फागुन ११ मा भएको थियो । बाबु चित्रबहादुर चन्द र आमा खुसीमाया घर्तीका कान्छो सन्तान विप्लवका तीन दिदी र दुई दाजु छन् ।

सरकारले विप्लव नेतृत्वको दललाई विप्लव समूह भन्दै प्रतिवन्धित गरेपछि उनी पछिल्लो समय भूमिगत रहेका छन् ।

यस्तै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको जन्मदिन पनि आजै परेको छ ।
ओलीले आज ६९ औं जन्मदिन मनाइरहेका छन् ।

ओलीले विहान बालुवाटारमा जन्मदिन मनाएका छन् भने उनी आजै आफ्नो जन्मथलो तेह्रथुम आठराई जाँदैछन् ।

प्रधानमन्त्री जन्मदिन मनाउन आठराई आउने भएपछि गाउँपालिकाले सार्वजनिक विदा नै दिएको छ । ओलीले आठराई पुगेर बाटोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १ : २० बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल