कोका–कोला नेपालद्वारा चितवन राष्ट्रिय निकुञ्जको फोहोर व्यवस्थापनमा सहयोग « Khabarhub

कोका–कोला नेपालद्वारा चितवन राष्ट्रिय निकुञ्जको फोहोर व्यवस्थापनमा सहयोग


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन राष्ट्रिय निकुञ्जलाई देशकै पहिलो प्लास्टिक मुक्त संरक्षित क्षेत्र बनाउने पहललाई निरन्तरता दिँदै बोटलर्स नेपाल (तराई) लिमिटेड कोका–कोला कम्पनीको अधिकृत बोटलर्सले डब्लुडब्लुएफ नेपालको समन्वयमा चितवन राष्ट्रिय निकुञ्जलाई २५ वटा ठूला पीईटी बोतल कलेक्शन बिन सहयोग गरेको छ ।

वन तथा वातावरण मन्त्रालयको अगुवाइमा २०१९ जनवरीमा शुरूवात गरिएको अभियान चितवन राष्ट्रिय निकुञ्जले कार्यान्वयनमा ल्याएको थियो भने नेपाल आर्मी, वल्र्ड वाइल्डलाइफ फन्ड नेपाल (डब्लुडब्लुएफ नेपाल), हिमालयन क्लाइमेट इनिसिएटिभ ९एचसीआई०, राष्ट्रिय प्राकृति संरक्षण कोष, स्थानिय समुदाय र पर्यटन उद्यमी लगायतले सहकार्य गरेका थिए ।

राष्ट्रिय निकुञ्जको विभिन्न स्थानबाट पीईटी बोतल नियमित रुपमा कोका–कोला नेपालको सस्टेनेब्लीटी पार्टनरमार्फत संकलन गरिन्छ, जहाँ रिसाइक्लर साथीले विशेषगरी नैतिक तथा कानुनी रिसाइक्लिङका लागि काम गरिरहेको छ । यो अभियान कोका–कोला नेपालको सस्टेनेब्लीटी पार्टनर क्रियशनले नेपालको फोहोर व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले अगुवाइ गरिरहेको छ ।

कोका–कोला कम्पनीको वल्र्ड वीथआउट वेस्ट भिजन अन्तर्गत सन् २०३० सम्म विश्वव्यापी रुपमा आफ्नो प्याकेजिंगको १००५ बराबर संकलन र रिसाइकल गर्ने प्रतिज्ञा गरेको छ र देशप्रतिको प्रतिबद्र्धताका रुपमा कोका–कोला नेपालले हिमालयन क्लाइमेट इनिसिएटिभ र क्रियशनसंग सहकार्य गरेर रिसाइकिलंग सुविधाका लागि काठमाडौं र भरतपुरमा दुईवटा पीईटी बोटल कलेक्शन स्थापना गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख वार्डेन नारायण रुपाखेतीले भने, ‘हाम्रो देशको गौरव र विश्व सम्पदा चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न प्रजातिका वन्यजन्तु र चराचुरुङ्गी छन् । यो संयुक्त प्रयासले वन्यजन्तु र प्रकृति संरक्षणमा सहयोग गर्नेछ । हाम्रो उद्देश्य भनेकै देशको प्राकृतिक वासस्थानलाई यथावत राखेर एउटा उदाहरण बन्नु हो ।’

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक तथा बोटलर्स नेपाल (तराई) लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रदीप पाण्डेले भने, ‘हामी विश्वास गर्दछौं कि जिम्मेवार अभ्यासको माध्यमबाट वातावरणको राम्रो रेखदेख गर्नु सदाझै हाम्रो व्यवसाय हो । बोटलर्स नेपाल (तराई) यो अभियानको हिस्सा बन्न पाउँदा गर्व गर्दछ र हामी नेपाल सरकार र हाम्रा पार्टनरहरुलाई जारी साझेदारीका लागि आभार प्रकट गर्न चाहन्छौं । हामी विश्वस्त छौं कि एकसाथ काम गर्नु नै समस्या समाधान गर्ने उत्तम उपाय हो र आशा गर्दछौं कि यस्ता प्रभावकारी कार्यक्रमहरुको हिस्सा बन्न जारी रहनेछ जुन सर्कुलर अर्थ व्यवस्था दृष्टिकोणले स्वच्छ राष्ट्रका लागि योगदान पुर्‍याउँछ ।’

‘फोहोर प्रदूषणलाई रोक्ने विश्वव्यापी पहलको कार्यान्वयन गर्दै नेपालले सन् २०१९ मा चितवन राष्ट्रिय निकुञ्जलाई प्लास्टिक मुक्त क्षेत्र घोषणा गरेको थियो । अब यी पहलहरूलाई अन्य राष्ट्रिय निकुञ्जहरूसम्म पुर्‍याउने दिशामा प्रयास गर्नु पर्दछ । फोहोर व्यवस्थापनको सन्दर्भमा विशेषगरी राष्ट्रिय निकुञ्जहरूको नदीहरूमा फोहोर फाल्ने मुद्दालाई सम्बन्धित अधिकारीहरूले कारबाही गर्नुपर्‍यो,’ डब्लुडब्लुएफका तर्फबाट नेपालका प्रतिनिधि डा.घनश्याम गुरुङले भने ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १ : ४३ बजे

वातावरण संरक्षणसँगै पूर्वाधार विकास आवश्यक छ : वनमन्त्री चौलागाईं

काठमाडौं- वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मुलुक समृद्धिका लागि वातावरण

नेपाल फर्मा एक्स्पो फागुनमा हुने

काठमाडौं– नेपाल औषधि उत्पादक संघले दशौ संस्करणको नेपाल फर्मा एक्स्पो

‘आचार्य’को सुटिङ सक्काए लगत्तै निखिल ‘कस्तुरी’मा जोडिए, जोडी बर्षा सिवाकोटी

काठमाडौं – आफ्नो निर्देशनमा फिल्म ‘आचार्य’को सुटिङ सक्काए लगत्तै नायक

इजरायलद्वारा वेस्ट ब्यांकबाट २३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले बुधबार वेस्ट ब्यांकका विभिन्न

निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ

रौतहट– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई दृष्टिगत