बाँस्कोटाको अडियो प्रकरणबारे अख्तियारले छानबिन गर्छ : प्रचण्ड « Khabarhub

बाँस्कोटाको अडियो प्रकरणबारे अख्तियारले छानबिन गर्छ : प्रचण्ड


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग छानबिन गर्ने बताएका छन् ।

आइतवार मिथिला परिक्रमाको उद्घाटन गर्दै उनले उक्त विषयमा लेखा समितिमा पनि छलफल भइरहेको बताए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा आएको अडियोसँग जोडिएका हरेक विषयमा सम्बन्धित सबैको छानबिन हुने पनि उनको भनाइ थियो ।

उनले कम्युनिस्टहरु सत्तामा गएपछि बिचलन आउने गरेको बताए । केही दिनअघि भक्तपुरको एउटा कार्यक्रममा कम्युनिस्टको चरित्रबारे बेलेको विषयबारे समेत उनले प्रष्टीकरण समेत दिए । प्रचण्डले सत्तामा हुँदा कम्युनिष्ट नराम्रो हुने संसारभरको कुरा बोलेको दाबी गर्दै नेकपाको बारेमा मात्र कुरा गनरेको प्रष्टाए ।

फरक प्रसंगमा प्रचण्डले प्रदेश २ को सरकारमा पार्टी सहभागी हुन कुराकानी थालिएको खुलासा गरे । उनले प्रदेश २ को सरकारमा सहभागी हुनका लागि नेकपाले सत्तासीन दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा) सँग कुराकानी गरिरहेको बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ३ : २२ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६