नेप्से ६९.५६ अंकले बृद्धि | Khabarhub Khabarhub

नेप्से ६९.५६ अंकले बृद्धि


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक ६९.५६ अंकले बढेर १५०४.१४ अंकमा अडिएको छ ।

यो अंक ३० महिनायताको सबैभन्दा बढी हो। यसदिन कारोबारमा पनि रेकर्ड भएको छ ।आइतबार १ सय ७८ कम्पनीको ८७ लाख ६९ कित्ता सेयर ३ अर्ब ६० करोडमा कारोबार भयो ।

आइतबार सुरुदेखि नै बढेको बजार ४३ अंकले बढेर पुनः घटी १९ अंकमा पुगेको थियो । त्यसपछि पुनः बढ्न थालेको बजार एक बजेर २२ मिनेट जाँदा ७५ अंकसम्म बढेर १५०९.९२ अंकसम्म पुगेको थियो । त्यसपछि पुनः विस्तारै घट्न सुरु गरेको बजार पुनः बढ्न थालेर ६९ अंकले बढेको थियो ।

आइतबार सबै परिसूचकमा हरियाली छाएको छ । बजार धेरैपछि ५ प्रतिशतभन्दा बढीले उक्लिँदा कमजोर देखिएको जलविद्युत कम्पनीहरुले पनि कमाउने मौका पाएका छन्।

यसदिन बैकिङ ८६.०१, ट्रेडिङ ७३.११, होटल्स ११.७७, विकास बैंक ८४.५९, जलविद्युत ३३.७५, फाइनान्स २२.५६, निर्जीवन बीमा १३९.८५, उत्पादनमूलक ३८.६२, लघुवित्त ५४.८९, जीवन बीमा १९२.३६, म्युचुअल फन्ड ०.२८ र अन्य २४.६३ अंकले उकालो लागेको छ ।

आइतबार १० करोड भन्दा बढी कारोबार गर्ने कम्पनीहरुमा एनएमबी बैंक १२ करोड ५६ लाख, नेपाल लाईफ इन्स्योरेन्स ११ करोड ८२ लाख, शिखर इन्स्योरेन्स १० करोड ३७ लाख र हिमालय डिष्टिलरी १० करोड ३४ लाख रुपैयाँ रहेका छन् ।

आइतबार १२ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी कमाएका छन् । त्यस्तै यसदिन सबैभन्दा बढी कमाउनेमा फष्ट माइक्रोफाइनान्स विकास बैंक, एनएमबी बैंक, वदेशी लघुवित्त वित्तिय संस्था रहेका छन् भने बजार बढेको दिन पनि गुमाउनेमा ताारागाउँ रिजेन्सी होटल, बरुण हाइड्रोपावर, पन्चकन्या माई हाइड्रोपावर लगायतका २७ कम्पनीका लगानीकर्ता रहेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ४ : ०० बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल