ए डिभिजन जितेको ८ दिनपछि मछिन्द्रलाई दोस्रो उपाधि « Khabarhub

ए डिभिजन जितेको ८ दिनपछि मछिन्द्रलाई दोस्रो उपाधि


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –मछिन्द्र क्लबले तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको उपाधि उचालेको छ ।

झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा आइतबार भएको सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र च्याम्पियन बनेको हो ।

मछिन्द्रको जित ए डिभिजन लिगको अन्तिमतिर क्लबमा आवद्ध भएका विमल घर्ति मगरले निर्णायक गोल गरे । खेलको दोस्रो मिनेटमा विमलले पेनाल्टीमा गोल गरेका हुन् ।

उपाधिसँगै मछिन्द्रले ६ लाख प्राप्त गरेको छ । उपविजेता थ्री स्टारले ३ लाख प्राप्त गर्यो ।
फागुन ३ गतेसम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको मछिन्द्रले ८ दिनपछि दोस्रो उपाधि हात पारेको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ४ : ५२ बजे

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति

पोखराले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि