१० वर्षे बालकको तौल १९३ केजी ! « Khabarhub

१० वर्षे बालकको तौल १९३ केजी !

यसरी घटाए वजन


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

औसतमा १० बर्षको कुनै बालकको तौल कति होला । पक्कै पनि २५/३० किलोग्राम वा बढिमा ३५ केजी सम्म होला । तर विश्वमा एक यस्ता बालक पनि छन् जसको वजन १० बर्षको उमेरमा १ सय ९३ किलोग्राम थियो ।

त्यति मात्र होइन जहाँ वयस्क मानिसको वजन ६०/७० किलोग्राम हुन्छ ती बालकले आफ्नो शरीरबाट १ सय १० किलोग्राम वजन त घटाएका मात्र छन् ।

इण्डोनेशिका आर्या परमानाले मात्र चार बर्षको अवधिमा एक सय १० किलोग्राम वजन घटाएका छन् ।

विश्वको सबैभन्दा मोटो बालकका रुपमा दर्ज भएका आर्याको वजन सन् २०१६ मा १० बर्षको हुदाँ १ सय ९३ किलोग्राम थियो । अहिले उनको वजन घटेर ८३ किलोग्रामको छ ।

यसरी वजन घटाएपछि आर्याको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनका अभिभावकका अनुसार जन्मदा आर्या साढे तीन किलोग्रामका थिए ।

आठ बर्षसम्म उनमा कुनै अस्वभाविक परीवर्तन देखिएन तर जब आर्या आठ बर्षका भए उनमा एकाएक भोक बढ्यो र उनी ज्यादा खान थाले ।

जसका कारण उनको वजन मात्र दुई बर्षमा बढेर १ सय ९३ किलोग्राम पुग्यो र उनी विश्वको सबैभन्दा मोटो बालकका रुपमा दर्ज भए ।

आर्याका पिताका अनुसार आफ्नो वजन घटाउन आर्याले निकै कडा मेहनत गरे ।

आफ्नो डाइट र व्यायाममा लगनका साथ काम गरे । यसका अलावा उनको एक पटक बैरिएट्रिक सर्जरी समेत भइसकेको छ । उनको अझै दुई पटक सर्जरी हुनेछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ६ : २३ बजे

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९