मदन भण्डारीविरुद्ध नव जनजागृतिका विवेक चौधरीले गरे ह्याट्रिक « Khabarhub

मदन भण्डारीविरुद्ध नव जनजागृतिका विवेक चौधरीले गरे ह्याट्रिक


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपमा मदन भण्डारी स्पोट्स क्लबलाई पराजित गर्दै नव जन जागृति क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

कैलालीको धनगढी रंगशालामा आइतबार मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ४–० गोल अन्तरले पराजित गर्दै जन जागृति क्वार्टरफाइनलमा पुगेको हो ।

नव जनजागृती र मदन भण्डारी स्पोट्स क्लबले खेलको पहिलो हाफ गोलरहित बराबरी खलेका थिए । नव जनजागृतिको जितमा विवेक चौधरीले ह्याट्रिक गरे भने सागर चौधरीले एक गोल गरे ।

खेलको ५३ औं मिनेटमा गोल गर्दै सागरले टिमलाई अग्रता दिलाएका थिए भने विवेकले ६०, ६६ र ८० मिनेटमा गोल गर्दै ह्याट्रीकसहित टीमलाई फराकिलो जीत दिलाएका थिए ।

अब सेमिफाइनल प्रवेशका लागि जन जागृतिले सहिद स्मारक ए डिभिजन क्लब थ्री स्टार क्लबको सामना गर्नेछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ६ : ३१ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ