महाशिवरात्रिका साधुसन्तलाई दक्षिणासहित बिदाइ « Khabarhub

महाशिवरात्रिका साधुसन्तलाई दक्षिणासहित बिदाइ


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आएका देश विदेशका साधुसन्तलाई बिदाइ शुरु गरिएको गुठी संस्थानले जनाएको छ ।

फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थानले धुनीका लागि दाउरा र खानाको व्यवस्था गरी साधुसन्तलाई बिदाइ गर्न लागिएको पशुपति गोश्वारा कार्यालय प्रमुख उमा आचार्यले जानकारी दिइन् ।

साधुलाई श्रीमहन्त, महन्त, लालमोरिया नागाबाबा, सामान्य जोगीलगायत वर्गमा वर्गीकरण गरी रु ९५१ देखि रु १५१ सम्म दक्षिणा दिन शुरु गरिएको छ । आज सम्भव नहुनेलाई भोलिसम्म पनि दक्षिणा दिएर बिदाइ गरिने उनले बताइन ।

यसवर्ष पशुपतिमा करिब चार हजार साधुसन्त आएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए । संस्थानले दक्षिणासहित बिदाइ गरेसँगै कोषका तर्फबाट पनि थप दक्षिणा दिइने उनले सुनाए ।

संस्थानले वर्गीकरण गरेका साधुसन्तलाई कोषले रु एक हजार एकदेखि रु पाँच हजार एकसम्म दक्षिणा दिने जनाइएको छ । कोषका तर्फबाट रुद्राक्ष मालाले बिदाइ गरिनेछ । संस्थानले दिने गरेको दक्षिणा कम भएको गुनासो साधुसन्तले गर्न थालेपछि कोष स्थापनापछि थप गरिएको हो ।

विसं २०६४ अघिसम्म कालमोचनघाटबाट दक्षिणा दिई साधुसन्तको बिदाइ हुँदै आएकामा त्यसयता दोहोरो नपरोस् भनी पशुपति परिसरबाटै बिदाई गर्न थालिएको संस्थानका सूचना अधिकारी सरोज थपलियाले जानकारी दिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ६ : ४५ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र