‘एनसीसीएस सिप्यान’ क्रिकेट अवार्ड चैत २१ गते हुने « Khabarhub

‘एनसीसीएस सिप्यान’ क्रिकेट अवार्ड चैत २१ गते हुने


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रिकेट प्लेयर्स एसोसियसन नेपाल (सिप्यान) ले आयोजना  गर्ने एनसीसीएस सिप्यान क्रिकेट अवार्ड –२०२० चैत तेस्रो साता गर्ने भएको छ ।

सिप्यानले आइतबार पत्रकार सम्मेलन गरि अवार्ड कार्यक्रम चैत २१ गते गर्ने जानकारी दिएको हो ।

नेपाली क्रिकेट खेलाडीहरुको भातृ संगठनका रुपमा रहेको सिप्यानले दोस्रो संस्करणको अवार्डका लागि पनि शिक्षा क्षेत्रमा सक्रिय एनसीसीएस ग्रुपलाई टाइटल स्पोन्सर बनाएको छ ।

सिप्यानले विभिन्न ५ विधामा खेलाडी तथा क्रिकेटमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । जसमा बर्ष क्रिकेट खेलाडी महिला÷पुरुष बर्ष उदीयमान क्रिकेट खेलाडी, वर्षको उत्कृष्ट क्षण र लाइफटाइम अचिभ्मेन्ट २०१९/०२० अवार्ड रहेका छन् ।

बर्ष खेलाडी महिला÷पुरुषले समान १ लाख ३२ हजार पाउनेछन् भने बर्ष उदीयमान खेलाडी, उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुनेले सम्मान पत्रसहित ६६ हजार नगद प्राप्त गर्नेछन् ।

५ विधाका लागि खेलाडी छनोट गर्ने सिप्यानले प्राविधिन समिति गठन गर्ने जानकारी समेत दिएको छ ।

अघिल्लो बर्ष उत्कृष्ट पुरुष खेलाडी र महिला खेलाडीको पुरस्कार असमान थियो । जसमा बर्ष क्रिकेट खेलाडी पुरुषबाट सम्मानित भएका सन्दीप लामिछानेले १ लाख ३२ हजार प्राप्त गरेका थिए भने बषै क्रिकेट खेलाडी महिला घोषित भएकी सिता राना मगरले ६६ हजार प्राप्त गरेकि थिइन् ।

तर, यो संस्करणमा भने बर्ष क्रिकेटर महिला र पुरुषले समान १ लाख ३२ हजार पाउनेछन् ।

बर्षको उत्कृष्ट क्षणका लागि ‘अनलाइन भोटिङ’ प्रणालि बाट छनोट गर्ने सिप्यानले जनाएको छ । यस्तै, क्रिकेटमा योगदान गरेका पुराना पुस्ताका एक जना खेलाडी लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुनेछन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ७ : १५ बजे

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११