भारतमा बस दुर्घटनामा निधन भएका नेपालीहरुकाे शव स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

भारतमा बस दुर्घटनामा निधन भएका नेपालीहरुकाे शव स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसले तीर्थयात्राका लागि भारत गएका ६ जना नेपाली बस दुर्घटनामा परी निधन भएकाप्रति दुःख व्यक्त गरेको छ ।

तीर्थयात्राका लागि भारत गएका कम्तीमा ६ जना नेपालीको यही फागुन ८ गते भारतको सलेम बेंगलरु नेशनल हाइवेमा मिनीबस दुर्घटना हुँदा मृत्यु भएको र केही गम्भीर घाइते भएका थिए ।

उनीहरुको निधनप्रति दुःख व्यक्त गर्दै काँग्रेसले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत दुर्घटनामा ज्यान गुमाएकाहरुको शव सहजरूपमा स्वदेश ल्याउने प्रबन्ध गर्न र घाइतेको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ७ : ४० बजे

नेपाल प्रहरीलाई अमेरिकी सहयोग

काठमाडौं– अमेरिकाले नेपाल प्रहरीलाई अनुसन्धान एवं तहकिकातका निम्ति उपकरण तथा

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ

आज ऋषिपञ्चमी : सप्तऋषिको पूजाआराधना गरिँदै

काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली