११ कविहरुकाे कविता संग्रह ‘उज्यालोका मालीहरू’ सार्वजनिक « Khabarhub

११ कविहरुकाे कविता संग्रह ‘उज्यालोका मालीहरू’ सार्वजनिक


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ११ युवा कविका ११० कविताको सङ्ग्रह ‘उज्यालोका मालीहरू’ सार्वजनिक भएको छ ।

मदन पुरस्कार विजेता निलम कार्की निहारिका, आरआर क्याम्पसका प्राध्यापक तथा समालोचक डा गीता त्रिपाटी, समालोचक राजकुमार बानिया तथा एनआरएन उपाध्यक्ष तथा पूर्ववास उपन्यासका लेखक सर्वाज्ञ वाग्ले, प्रकाशक पुष्पराज पौडेल तथा ‘उज्यालाका मालीहरू’ सम्पादक महेश पौड्यालले संयुक्त रुपमा कविता सङ्ग्रह सार्वजनिक गरेका हुन् ।

कविता सङ्ग्रह सार्वजनिकरण कार्यक्रममा मदन पुरस्कार विजेता कार्कीले भनिन्, “युवाको अनुहारमा हाम्रो अनुहार छापिएको हुन्छ । हाम्रो अनुहार अँध्यारो–उज्यालो कस्तो छ भन्ने कुरा युवाको अनुहार हेर्दा थाहा हुन्छ । मैले ‘उज्यालाका मालीहरू’मा हाम्रो उज्यालो अनुहारको रुपरेखा देखेँ ।”

समालोचक राजकुमार बानियाले यस कविता सङ्ग्रहमा सङ्ग्रहित कविहरू कविताको नयाँ मानक सिर्जना गर्ने बाटोमा अग्रसर रहेको जिकिर गरे।

साहित्यकार महेश पौड्यालद्वारा सम्पादित यस सङ्ग्रहमा झापाका निरज दाहाल, इलामका रिजन मायालु, मोरङका प्रदीप योङहाङ लिम्बू, सुन्सरीकी दीपिका खतिवडा, सर्लाहीका रेहान खान, खोटाङका मोहन सङ्ग्राम, चिनवनका शरद ऋतु, काभ्रेका अदीप अधिकारी, सिन्धुलीका अनिल खतिवडा, कास्कीका सुदर्शन पौडेल र सुर्खेतका अर्जुन आचार्यका कविता समाविष्ट छन् ।

यसैंबीच साहित्यकार महेश पौड्याल तथा रमा आधिकारीले आफ्नो दिवङ्गत पुत्र पराक्रमको स्मृतिमा स्थापित पराक्रम बालप्रतिभा पुरस्कारबाट यस वर्ष काभ्रेको पाँचखाल, रायले निवसी बालिका तारा तामाङलाई प्रदान गरिएको छ ।

काभ्रेकै भ्रमरकोणस्थित गणेश उच्चमाविमा आइतबार आयोजित कार्यक्रममा साहित्यकार गोविन्द कँडेर आँशु तथा उक्त विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद सापकोटाले रु ११ हजार १११ राशिसहितको उक्त पुरस्कार बालप्रतिभा तामाङलाई प्रदान गरे ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ८ : ०५ बजे

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।