ट्रम्पको भ्रमणमा सुकुम्बासी बस्ती छेक्न ६ सय मिटर लामो पर्खाल ! « Khabarhub

ट्रम्पको भ्रमणमा सुकुम्बासी बस्ती छेक्न ६ सय मिटर लामो पर्खाल !


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारबाट भारतको भ्रमण गर्दैछन् । उनको भारत भ्रमणलाई भव्य बनाउन प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले तयारी पनि उस्तै किसिमको बनाएको छ ।

ट्रम्पले गुजरातको अहमदावाद सहरको भ्रमण गर्ने जनाइएको छ । । ‘नमस्ते ट्रम्प’ नाम दिइएको एउटा कार्यक्रममा ट्रम्प र मोदीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

ट्रम्पको भारत भ्रमणको तयारी तीव्र बनाइरहँदा अहमदावादमा बनाइएको ६ सय मिटर लामो पर्खाल सामाजिक सञ्जालमा भाइरल बनेको छ । वास्तमा यो पर्खाल बनाउनुको पछाडि त्यहाँ रहेको सुकुम्बासी वस्ती छोप्नु रहेको चर्चा सामाजिक सञ्जालमा छ ।

त्यो पर्खाल नजिकै रहेको सुकुम्बासी बस्तीमा ट्रम्पको आँखा नपरोस् भनेर यस्तो जुक्ति लगाइएको भन्दी मोदी सरकारको आलोचना समेत गरिएको छ ।

कांग्रेस नेता शशि थरुरले ट्विटरमा यसको मजाक उडाएका छन्।

शिव सेना दलले पनि मोदीले गरिबको घर छेकेर गरिबी लुकाउन खोजेको आरोप लगाएको छ। त्यस्तै रंगशालानजिकै रहेका ४५ परिवारलाई पनि जग्गा खाली गर्न सूचना दिइएको विषयमा समेत विरोध जनाइएको छ ।

सामाजिक सञ्जालमा विरोध जनाइए पनि सरकारी अधिकारीहरुले सो पर्खाल र जग्गा खाली गर्ने निर्देशनको भ्रमणसँग कुनै  सम्बन्ध नरहेको दाबी गरेका छन्।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १० : ०० बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा