हत्या अभियोगमा श्रीमती पक्राउ « Khabarhub

हत्या अभियोगमा श्रीमती पक्राउ


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिका–३ कृष्णमन्दिर बस्ने ६० वर्षीय रामबहादुर कार्कीको हत्या अभियोगमा मृतककी श्रीमती पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा ४० वर्षीया सम्झना कार्की रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । पक्राउ परेकी कार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दामा तनहुँ जिल्ला अदालतबाट आज म्याद थप गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए ।

गत माघ १७ गते भएको घटनामा मृतककी श्रीमतीको संलग्नता देखिएपछि उनलाई फागुन ८ गते पक्राउ गरिएको थियो ।

गत माघ १८ गते बिहान रामबहादुर कार्की घरमै सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेका थिए । श्रीमान् मृत अवस्थामा फेला परेपछि श्रीमती सम्झनाले नै प्रहरीमा खबर गरेकी थिइन् । प्रहरीले उक्त घटनामा मृतककी श्रीमती सम्झनाले प्रयोग गर्ने मोबाइलको ‘कल डिटेल रेकर्ड’ लगायतको विवरण निकालेर अनुसन्धान गर्दा आफ्नै श्रीमानलाई कर्तव्य गरी मारेको अनुसन्धानबाट खुल्न आएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए ।

निरीक्षक सुवेदीका अनुसार घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ९ : २३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल