नेकपालाई कांग्रेसको प्रश्न – एक व्यक्तिका लागि संविधान संशोधन गर्ने, के को तमासा ? « Khabarhub

नेकपालाई कांग्रेसको प्रश्न – एक व्यक्तिका लागि संविधान संशोधन गर्ने, के को तमासा ?


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक व्यक्तिका लागि संविधान संशोधन गर्न नहुने बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई खबरदारी गरेका छन् ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माधवकुमार नेपालको संयोजकत्वमा राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनका लागि कार्यदल गठन गरेपछि कांग्रेसले विरोध गरेको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै गम्भीर राष्ट्रिय विमर्शविना एक व्यक्तिको अनुहार हेरेर संविधान संशोधन तयारी गर्न नहुने बताएका हुन्।

उनले लेखेका छन्, ‘मधेसले माग्यो, संविधान संशोधन। भनियो-हुन्नl जनजातिले मागे हुन्न भनियोl दलित, थारु अनि अरुले मागे तिनलाई पनि हुन्न भनियो,’ शर्माले भनेका छन्, ‘तर आज कोहि एक ब्यक्तिको अनुहार हेरेर संशोधन तयारी ? गम्भीर राष्ट्रिय विमर्शविना यो के तमासाको तयारी कमरेडहरु ?’

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ९ : ४६ बजे

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको