प्रधानमन्त्रीको जन्मदिनमा केक बोक्न हेलिकोप्टर चाटर्डको चर्चा, देश काटेर खाएको भन्दै आलोचना ! « Khabarhub

प्रधानमन्त्रीको जन्मदिनमा केक बोक्न हेलिकोप्टर चाटर्डको चर्चा, देश काटेर खाएको भन्दै आलोचना !


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मथलोमा जन्मदिन मनाएका तस्वीर सार्वजनिक भएसँगै उनको चर्चासँगै आलोचना समेत शुरु भएकाे छ ।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीद्वारा केक बाेक्नका लागि हेलिकोप्टर चाटर्ड गरिएको  र नेपालको नक्शा अंकित केक काटिएको विषयमा आलोचना भएको छ ।

केहीले प्रधानमन्त्री ओलीज्यूले  लिम्पियाधुरा विनाको नेपालको केकलाई चक्कुले काट्दै टुक्राटुक्रा बनाएर खाएछन् भनेर व्यंग्य गरेका छन् । 

नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले फेसबुकमा लेखेका छन् –

दु:खका साथ यो लेख्दैछु ।

जुन देशका जनताले भाेकमा भुटेका मकै र ज्वराेमा सिटामाेल पाएका छैनन । छाेरा छाेरी विदेशका विभिन्न ठाँउमा आफ्नो शरीर, रगत र पसिना रेमिट्यान्ससँग साँटिराखेका छन् । पशुपतिमा लाशकाे विदेशी बाकस नआएको दिन छैन । त्यस देशका प्रधानमन्त्रीलाई हेलिकप्टर चार्टर्ड गरी देशकाे नक्सा भएको केक काट्ने कसले सुझाव दियाे ??? लाज लाग्दैन ???


प्रधानमन्त्री ओलीले आइतबार आफ्नो ६९ औं जन्मोत्सव तेह्रथुम इवास्थित आफू जन्मेको घरमा धुमधामका जन्मोत्सव मनाएका हुन् ।

प्रधानमन्त्री ओलीका जन्मोत्सवका लागि आज आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको थियो ।

उनको जन्मदिन मनाउन संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत सहभागी भएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १० : ३६ बजे

म्याग्दीको मंगलामा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि स्तरोन्नति

३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाइएको रहेछ : गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको

भक्तपुरका विभिन्न ठाउँबाट ६० बढी व्यक्ति पक्राउ

भक्तपुर– प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्‍याउने ६० भन्दा बढी व्यक्तिलाई

पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट

पाल्पा- लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको पाल्पाको हार्थोक–बतासे

चितवनमा सोमबारदेखि मौरी सम्मेल हुँदै

चितवन– मौरी, परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तर्राष्ट्रियस्तरमा बहस गर्न