प्रधानमन्त्रीको जन्मदिनमा केक बोक्न हेलिकोप्टर चाटर्डको चर्चा, देश काटेर खाएको भन्दै आलोचना ! « Khabarhub

प्रधानमन्त्रीको जन्मदिनमा केक बोक्न हेलिकोप्टर चाटर्डको चर्चा, देश काटेर खाएको भन्दै आलोचना !


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मथलोमा जन्मदिन मनाएका तस्वीर सार्वजनिक भएसँगै उनको चर्चासँगै आलोचना समेत शुरु भएकाे छ ।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीद्वारा केक बाेक्नका लागि हेलिकोप्टर चाटर्ड गरिएको  र नेपालको नक्शा अंकित केक काटिएको विषयमा आलोचना भएको छ ।

केहीले प्रधानमन्त्री ओलीज्यूले  लिम्पियाधुरा विनाको नेपालको केकलाई चक्कुले काट्दै टुक्राटुक्रा बनाएर खाएछन् भनेर व्यंग्य गरेका छन् । 

नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले फेसबुकमा लेखेका छन् –

दु:खका साथ यो लेख्दैछु ।

जुन देशका जनताले भाेकमा भुटेका मकै र ज्वराेमा सिटामाेल पाएका छैनन । छाेरा छाेरी विदेशका विभिन्न ठाँउमा आफ्नो शरीर, रगत र पसिना रेमिट्यान्ससँग साँटिराखेका छन् । पशुपतिमा लाशकाे विदेशी बाकस नआएको दिन छैन । त्यस देशका प्रधानमन्त्रीलाई हेलिकप्टर चार्टर्ड गरी देशकाे नक्सा भएको केक काट्ने कसले सुझाव दियाे ??? लाज लाग्दैन ???


प्रधानमन्त्री ओलीले आइतबार आफ्नो ६९ औं जन्मोत्सव तेह्रथुम इवास्थित आफू जन्मेको घरमा धुमधामका जन्मोत्सव मनाएका हुन् ।

प्रधानमन्त्री ओलीका जन्मोत्सवका लागि आज आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको थियो ।

उनको जन्मदिन मनाउन संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत सहभागी भएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १० : ३६ बजे

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले