कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनु पर्ने १५ उपाय « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनु पर्ने १५ उपाय


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामान्य अवस्थामा हुने फ्लू वा इन्फेक्शनका संक्रमित ब्यक्ति केही दिनभित्रै निको हुने गर्दछन् ।

यदि केहि दिनभित्रै निको नभए पनि यसले कुनै गम्भीर अवस्था निम्त्याउदैन । तर विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण निको हुने त परको कुरा समयमा अस्पतालमा उपचार गराउन सकिए भने ज्यान समेत जाने गर्दछ ।

त्यसैले कोरोना भाइरसबाट बच्ने सबैभन्दा सरल उपाय भनेको यसको संक्रमण हुनबाट बच्नु नै हो ।

चिकित्सकको सुझाव अनुसार कोरोना भाइरसको संक्रमणबाट बच्न निम्न कुरामा ध्यान दिनुपर्दछ ।

१. कोरोना भाइरसबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्दछ ।

२. कुनै पनि सामग्रीको प्रयोग गरीसकेपछि १ मिनेट नबित्दै राम्ररी हात धुनुपर्दछ ।

३. संक्रमित वा शंकास्पद संक्रमित ब्यक्तिको सम्पर्कबाट टाढा रहनुपर्दछ ।

४. रुघाखोकी लागेका ब्यक्तिको नजिक वा सामुन्नेमा बस्नु हुदैन ।

५. काम नभइ घरबाहिर रहने वा घुमघाम बन्द गर्नुपर्दछ ।

६. अनावश्यक रुपमा आँखा, मुख तथा नाकमा बारम्बार छोइरहनु हुदैन ।

७. बारम्बार साबुन पानी वा सैनिटाइजरबाट हात सफा राख्नु पर्दछ ।

८. भीडभाडमा नजाने

९. धेरै प्रयोग गरीने सामग्रीहरु जस्तै फोन, कलम लगायतका सफाईमा ध्यान दिनु पर्दछ।

१०. मुखलाई नछोपी खोक्ने वा हाच्छ्यु गर्न हुदैन ।

११. खोक्दा वा हाच्छ्यु गर्दा पाखुराले छोप्ने वा टिस्यु पेपरको प्रयोग गर्नुहोस् ।

१२. काँचो, साधेको वा आधा पाकेको माछामासु वा अण्डा खान बन्द गर्नुहोस् ।

१३. यदि ज्वरो, खोकी वा स्वास लिन ग्राहो भएको छ भने तत्काल अस्पताल जानु पर्दछ ।

१४. पछिल्लो १४ दिनअघि कुनै शंकास्पद ब्यक्तिको संसर्गमा आएको भए तत्काल अस्पताल गई कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण गर्नुपर्छ ।

१५. यसका अलावा यदि आफुलाई कोरोनाको संक्रमण छ वा शंका मात्र छ भने पनि अन्य ब्यक्तिको सम्पर्कमा रहनु हुदैन ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ६ : ५९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्