‘लकडाउन’मा नेपाल : सीमानाका बन्द, अन्तर्राष्ट्रिय उडान र लामो दूरीका गाडी पनि ठप्प « Khabarhub

‘लकडाउन’मा नेपाल : सीमानाका बन्द, अन्तर्राष्ट्रिय उडान र लामो दूरीका गाडी पनि ठप्प


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि अन्ततः नेपाल ‘लकडाउन’ को अवस्थामा पुगेको छ ।

सरकारले आजदेखि चीन र भारतसँगका सबै १ सय ७० सीमानाका समेत बन्द गरेपछि नेपाल ‘लकडाउन’को अवस्थामा पुगेको हो ।

आइतबार साँझको मन्त्रिपरिषद्ले गरेको निर्णय आजदेखि लागु भएको हो । नेपाल भारत सीमा एकसाताका लागि बन्द भएपछि आवातजावत ठप्प भएको छ ।

भारतसँगका १ सय ६४ तथा चीनसँगका ६ वटा सीमानाकामा सुरक्षाकर्मी तैनाथी बढाइएको छ ।

फाइल तस्वीर

उपभोग्य बस्तुको आयात नरोकिने बताइए पनि सामान्य अवस्थाको तुलनामा आयात नहुन सक्छ । छिमेकी मुलुक भारतले समेत अन्तरप्रदेश यातायात सेवा बन्दको घोषणा गरिसकेको छ ।

यसअघि गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्दै घोषणा गरेको लामो दूरीका सार्वजनिक सवारी सञ्चालनमा रोक लगाउने निर्णय पनि आजैदेखि कार्यान्वयनमा आएको छ ।

प्रधानमन्त्रीको उक्त घोषणा कार्यान्वयनका लागि आवश्यक कदम चाल्न आइतबार बसेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बैठकले एक जिल्लाबाट अर्को जिल्लामा समेत यात्रु ओसार्न नपाउने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकाभित्र छोटो दूरीका सार्वजनिक यातायात चलाउन पाउने तर बाहिर जाने लामो दूरीका सवारी भने रोक लगाइएको छ । उक्त निर्णय उल्लंघन भए कारबाही गरिने यातायात व्यवस्था विभागले चेतावनी दिएको छ ।

लामो दूरीमा सवारीसाधन सञ्चालन गर्न नपाउने भन्ने घोषणालाई मात्रै आधार मानेर २ सय ५० किमीसम्म यात्रा गर्न मिल्ने तर्कसहित गाडी कुदाउने तयारी भएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

लामो दूरीका गाडी चल्न रोक लगाएपछि सुनसान देखिएको सडक

 

निजी गाडीलाई सार्वजनिक सवारीका रूपमा प्रयोग गर्न पनि रोक लगाइएको छ। कुनै निजी गाडीले यात्रु ओसारपसार गरेको फेला परे सरकारले त्यस्ता गाडी जफत गर्ने सरकारले चेतावनी दिएको छ ।

शुक्रबारकै प्रधानमन्त्रीको घोषणा अनुसार अन्तर्राष्ट्रिय उडान ठप्प भएको छ । दैनिक हुँदै आएको ५० वटासम्म अन्तर्राष्ट्रिय उडान बन्द भइसकेको छ ।

आन्तरिक उडान भने जारी रहेको छ । संक्रमणको अवस्थालाई ध्यानमा राखेर आन्तरिक उडानलाई पनि नियमित गर्ने या नगर्ने भन्ने निर्णयमा पुग्ने सरकारी तयारी छ ।

अतिआवश्यकीय बाहेकका सबै सरकारी, सार्वजनिक, सामुदायिक र निजी कार्यालय, स्कूल तथा कलेजहरु बन्द भइसकेका छन् । मानिसहरुलाई अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कन आह्वान गरिएको छ ।

एक सातायता सरकारले गरेका यी निर्णयसँगै मुलुक अब ‘लकडाउन’को अवस्थामा पुगेको छ ।  यद्यपि सरकारी अधिकारीहरुले यसलाई लकडाउन नै भनेर घोषित नगरे पनि मुलुक ‘लकडाउन’को अवस्थामा प्रवेश गरेको नकार्न सक्ने अवस्था छैन, अवको समय अझ सतर्क रहौँ ।

 

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ८ : ०२ बजे

अन्तर्राष्ट्रिय श्रमिक दिवस : ट्रेड युनियन अधिकारबारे विमर्श

काठमाडौं– पेसागत महासङ्घ नेपालले १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा ‘ट्रेड

यूएईविरुद्धको नेपालले रोमाञ्चक जित

काठमाडौं- यूएईविरुद्धको नेपालले रोचक जित हासिल गरेको छ । आईसीसी

जेन-जी घाइतेको विवरण सार्वजनिक

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न गरेको

पोखरामा महिला गोल्डकप सुरु, पुलिस क्लबको विजयी सुरुवात

काठमाडौं– आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा शुक्रबारदेखि महिला गोल्डकप

बालेनलाई गगनले भने : कानुनी बाटोभन्दा डोजर अभियान ठूलो हुन सक्दैन

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुम्वासी बस्ती हटाउने सरकारी