जनता कर्फ्यूलगत्तै भारतका २२ राज्यमा ‘लकडाउन’ « Khabarhub

जनता कर्फ्यूलगत्तै भारतका २२ राज्यमा ‘लकडाउन’


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण तीब्ररुपमा फैलिएपछि  भारतले जनता कर्फ्यू सकिए लगत्तै आजदेखि विभिन्न २२ वटा राज्यमा ‘लकडाउन’ गरेको छ ।

भारतको राजधानी दिल्लीसहित विभिन्न राज्यमा मार्च महिनाको अन्त्यसम्मका लागि भन्दै आवतजावत नियन्त्रणका कडा उपाय लागु गरिएको हो ।

राजधानी दिल्लीमा सोमवार बिहान ६ बजेदेखि ‘लकडाउन’ लागु गरिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जनाएका छन् ।

लकडाउनको समयमा अत्यावश्यक सेवाहरू भने सञ्चालन हुनेछन्।

यसअघि आइतवार भारतभरि बिहानदेखि बेलुका सम्म ‘जनता कर्फ्यू’ लागु गरिएको थियो।

आइतवार साँझ भारत सरकारले देशका २२ राज्यका ७५ जिल्लामा मार्च ३१ सम्मको लागि लकडाउन वा अनावश्यक आवतजावतमा प्रतिबन्ध घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

‘लकडाउन’को बेला निजी प्रतिष्ठान, निजी कार्यालय एवं सार्वजनिक यातायात पूर्ण रूपमा बन्द हुनेछन् ।

यो बेला मानिसहरु घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन्। तर भारतका केही राज्यले भने एकचौथाइ सरकारी बस चल्ने बताइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ९ : १७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल