तस्वीरमा हेर्नुहोस् ‘लकडाउन’पछिको कञ्चनपुर « Khabarhub

तस्वीरमा हेर्नुहोस् ‘लकडाउन’पछिको कञ्चनपुर


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपालको पश्चिम सीमावर्ती जिल्ला कञ्चनपुर ‘लकडाउन’ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार मध्य रातिदेखि लागू हुने गरी ‘लकडाउन’को निर्णय गरेको थियो ।

सदरमुकाम महेन्द्रनगरसहित जिल्लाका मुख्य बजार र बस्तीमा स्थानीय तथा सर्वसाधारणलाई घर बाहिर निस्किन दिइएको छैन ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार साँझ नै सूचना प्रकाशित गरी आकस्मिक उपचार बाहेक अन्य जुनसुकै कामका लागि सर्वसाधारणलाई घर बाहिर ननिस्किन भनेको छ ।

साथै, स्थानीय प्रशासनले जारी गरेको सूचनाको बर्खिलाप कुनै पनि व्यक्ति घर बाहिर निस्किएको पाइएमा सुरक्षाकर्मी तथा अधिकार प्राप्त अधिकारीले जाँचबुझ गरी कानून बमोजिम कारबाही गरिने पनि सूचनामार्फत चेतावनी दिइएको छ ।

स्थानीय प्रशासनले अत्यावश्यक सेवाअन्तर्गत पर्ने बाहेक सबै प्रकारका उद्योग, कलकारखानाहरु बन्द गरिसकेको छ ।

सर्वसाधारणले पनि स्थानीय प्रशासनको निर्णयलाई साथ दिएका छन् । स्थानीय पत्रकार रनि विवसका अनुसार सदरमुकाम महेन्द्रनगर बजार विहानैदेखि सुनसान छ भने जिल्लाका अन्य मुख्य बजार क्षेत्रमा पनि सर्वसाधारणको आवतजावत ठप्प छ ।


तस्वीरहरु– महेशदत्त जोशी, हिमाल चन्द र केशव पन्तको फेसबूकबाट

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १० : २३ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने