कोरोना संक्रमित नेपालीले भनिन्– १३ दिनसम्म पनि निको हुने छाँटकाँट छैन, सावधान रहनुस्‌ ! « Khabarhub

कोरोना संक्रमित नेपालीले भनिन्– १३ दिनसम्म पनि निको हुने छाँटकाँट छैन, सावधान रहनुस्‌ !


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतमा कोरोना संक्रमणसँग जुधिरहेकी एक नेपाली महिलाले विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो तस्वीरसहित स्टाटस राख्दै भगवती रानाभाटले विशेष सावधानी अपनाउन सबैमा आग्रह गरेकी हुन् ।

संक्रमण निकै पीडादायक रहेको र १३ दिनसम्म पनि निको हुने छाँटकाँट नरहेको भन्दै उनले सावधानी अपनाउन आग्रह गरेकी हुन् ।

लमजुङ तार्कुघाट स्थायी घर भइ हाल बेलायतको लण्डनमा बस्दै आएकी रानाभाटले १० दिनको सेल्फ आइसोलेसनपछि कोभिड–१९ सँग लडिरहेको र १३ दिनसम्म पनि निको हुने छाँटकाट नदेखिएको उल्लेख गरेकी छिन् ।

कोरोना भाइरसको संक्रमणबारे सामाजिक सञ्जालमा लेख्ने सोच नभएको भएपनि कोरोनाले आफन्त र साथिभाइलाई थप भयावह बनाउन भन्ने लागेर आफूले सतर्क गर्न खोजेको उनको भनाइ छ ।

फेसबुकमा रानाभाटले लेखेकी छिन्‌, ‘१० दिनको सेल्फ़ आइसोलेसन पछि COVID 19 सँग लड्दै !! यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँट्काटै छैन, फ़ेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचेँ। सबैले साबधानी अपनाउन सक्नुहुनेछ । हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु।’

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १० : २५ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर