कोरोना भाइरस– धुलिखेल नगरपालिकाले शुरु गर्‍यो ५० शय्याको क्वारेन्टाइन | Khabarhub Khabarhub

कोरोना भाइरस– धुलिखेल नगरपालिकाले शुरु गर्‍यो ५० शय्याको क्वारेन्टाइन


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– कोरोना भाइरस संक्रमितलाई राख्नका लागि धुलिखेल नगरपालिकाले ५० शय्याको क्वारेन्टाइन शुरु गरेको छ ।

धुलिखेल नगरपालिकाले सञ्जिवनी स्कुलमा ५० जना राख्न मिल्ने गरि क्वारेन्टाइन शुरु गरेको धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्याञ्जु श्रेष्ठले जानकारी दिए । नेपाली सेनाको सहयोगमा क्वारेन्टाइन निर्माण गरिएको हो ।

‘कोरोना संक्रमितलाई राख्नका लागि ५० वेडको क्वारेन्टाइन सञ्जिवनी स्कुलमा तयारी गरिएको छ’ मेयर ब्याञ्जुले भने,‘हामीले कोरोना संक्रमणबारे सचेत हुन आग्रह गरेका छौं । अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्न आह्वन गरेका छौं ।’

यसअघि आइतबार धुलिखेल नगरपालिकाको आकस्मिक बैठक बसेको थियो ।

उक्त बैठकले आजदेखि खाद्य सामग्री, ग्यास पसल, स्वास्थ्य संस्था बाहेक अन्य पसल बन्द गर्न अनुरोध गर्ने निर्णय गरेको थियो ।

‘बैठकले धुलिखेल नगरपालिकाभित्र रहेका होटल, विद्यालय भवन क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने समेत निर्णय गरेको छ ।’ नगर प्रमुख व्याञ्जुले भने, ‘चोक–चोकमा मानिसहरुको भिडभाड हुन नदिन नेपाल प्रहरी, नगरप्रहरी, जनप्रतिनिधिलाई आग्रह गर्ने समेत निर्णय गरेको छ ।’
नगरपालिकाले हटलाइन नम्बर समेत सुरु गरेको बताउँदै व्याञ्जुले कुनै संकट आइलागे १६६०११४९३२९ नम्बरमा खबर गर्न सकिने जानकारी दिए ।

यस्तो छ बैठकका १० निर्णयहरुः

धुलिखेल नगरपालिकाको मिति २०७६ चैत्र ९ गते कोरोनाभाइरस (कोभिड १९)को संक्रमण नियन्त्रण गर्न जनताले जनताको स्वास्थ्य सुरक्षाप्रति संवेदनशिल हुने वातावरण बनाउन धुलिखेल नगरपालिकामा बसेको बैठकले देहायको कार्यहरु गर्ने निणर्य गरियो ।
१. आम नागरिकहरुलाई सचेत सुरक्षित र संयमित हुन अनुरोध गर्ने
२. संघिय तथा प्रदेश सरकारका निर्णयहरुलाइ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
३. अत्याबश्यक बाहेकका पसल तथा बजार बन्द गर्न अनुरोध गर्ने ।
४. यातायात क्षेत्रमा भिडभाड नियन्त्रण गर्ने ।
५. क्वारेन्टाइन सेवाका लागि समुदाय तथा होटल, बिद्यालयका भवनहरु तथा अन्य उपयुक्त स्थानहरु प््रायोग गर्ने
६. चोक चोकमा मानिस जम्मा हुन नदिन जनप्रतिनिधि, प्रहरीतथा सरोकारवाला निकायबाट अनुगमन तथा सन्देश प्रवाह गर्ने ।
७. अत्यावश्यक सेवाबाहेक अन्य सेवा प्रवाह नगर्ने ।
८. सवै स्थानियतहले अत्याबश्यक अबश्था बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन सुचना प्रवाह गर्ने ।
९. भिडभाड हुने सेवाप्रवाह गर्ने सस्था तथा निकायहरुमा भिड नियन्त्रण गर्न अनुरोध गर्ने ।
१०. अत्यावश्यक सामानको आपुर्ति ब्यबस्था सहज गराउन सवै स्थानियतहले समन्वय गर्ने

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ११ : ४५ बजे

गण्डकीले ल्यायो घरेलु मदिरा ऐन

गण्डकी– गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न

सीमा क्षेत्रमा थप कडाइका साथ काम गर्न निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रबाट हुने चोरीनिकासी पैठारी

माइतीघरमा जसपा नेपाल विद्यार्थी संगठनको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– समाजवादी विद्यार्थी युनियन नेपाल केन्द्रीय समितिले माइतीघर मण्डलामा विरोध

सामाजिक सञ्जाल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाबाट ‘सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने

अमेरिकाबाट शेखरलाई उपसभामुख रानाको फोन : मेरोबारे त्यहाँ खास भएको के हो ?

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेले हटाउने प्रयासलाई फेरि तीव्र