पशुपतिमा दश जनाले मात्र दर्शन गर्न पाउने, ७ भन्दा बढी मलामी जान नपाइने « Khabarhub

पशुपतिमा दश जनाले मात्र दर्शन गर्न पाउने, ७ भन्दा बढी मलामी जान नपाइने


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा एक पटकमा दश जना मात्रै भक्तजनलाई प्रवेश गर्न दिने निर्णय गरेको छ ।

पशुपति क्षेत्र विकास कोषाध्यक्ष डा मिलनकुमार थापाको अध्यक्षतामा आइतवार बसेको बैठकले १० जनाले दर्शन गरेपछि मात्रै थप १० जनालाई पालैपालो प्रवेश गर्न दिने निर्णय गरेको हो ।

त्यस्तै विद्युतीय शव दाह गृहमा ७ जना भन्दा बढी मलामिलाई प्रवेश गर्न निषेध गरिएको छ । त्यस्तै पशुपतिमा गरिने बिशेष पूजालाई अर्को सूचना नआउन्जेलका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै जल अभिषेक गर्दा र बेलुकाको आरतीमा बस्ने भक्तजनहरुलाई अर्को सूचना नभएसम्मका लागि उपस्थित नहुन सुचित गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १२ : ०० बजे

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी–ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले इजरायलले गाजामा नरसंहार

व्यावसायिक केरा खेती : एघार लाख आम्दानी

वालिङ– प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुन् ।

तीन हजार ९ सय ३ सवारीसाधन कारबाहीमा

कञ्चनपुर– ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ९०३ सवारीसाधन कारबाहीमा