कोरोना संक्रमित भएकी युवतीसँगै फ्रान्सबाट आएकाहरुको पनि खोजी सुरु « Khabarhub

कोरोना संक्रमित भएकी युवतीसँगै फ्रान्सबाट आएकाहरुको पनि खोजी सुरु


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  फ्रान्सबाट कतार ट्रान्जिट भएर आएकी एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँगै आएका अरु यात्रुहरुको खोजि सुरु गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा कोरोना संक्रमण देखिएको पुष्टि भएसँगै उनीसँगै आएका अरु यात्रुहरुको पनि खोजि सुरु गरिएको जानकारी दिएको छ ।

१९ वर्षीय युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएपछि उनीसँगै अरु कति मानिसहरु आएका थिए भन्नेको तथ्याङ्क नभएपछि त्यसको खोजि तीब्र पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानभुक्त ढकालले जानकारी दिए ।

गत मंगलबार चैत्र ४ गते कतारको दोहाबाट आएका र होम क्वारेन्टाइनमा राखिएका व्यक्तिको रिपोर्ट पोजेटिभ देखिएपछि आइतबार बेलुकाबाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको मन्त्री ढकालले जानकारी दिए ।

‘१९ बर्षीया ती युवतीको उहाँको परिवार र होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई परीक्षण गर्ने र उहाँहरुलाई पनि आइसोलेसनमा राख्ने व्यवस्था भएको छ,’ मन्त्री ढकालले भने हामीले तपाइहरुलाई अहिले ताजा सूचना दिएका हौं, व्यक्तिको गोपनियता पनि ख्याल गरिदिनुहोला।’

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : ०७ बजे

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त