कोरोना संक्रमित भएकी युवतीसँगै फ्रान्सबाट आएकाहरुको पनि खोजी सुरु « Khabarhub

कोरोना संक्रमित भएकी युवतीसँगै फ्रान्सबाट आएकाहरुको पनि खोजी सुरु


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  फ्रान्सबाट कतार ट्रान्जिट भएर आएकी एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँगै आएका अरु यात्रुहरुको खोजि सुरु गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा कोरोना संक्रमण देखिएको पुष्टि भएसँगै उनीसँगै आएका अरु यात्रुहरुको पनि खोजि सुरु गरिएको जानकारी दिएको छ ।

१९ वर्षीय युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएपछि उनीसँगै अरु कति मानिसहरु आएका थिए भन्नेको तथ्याङ्क नभएपछि त्यसको खोजि तीब्र पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानभुक्त ढकालले जानकारी दिए ।

गत मंगलबार चैत्र ४ गते कतारको दोहाबाट आएका र होम क्वारेन्टाइनमा राखिएका व्यक्तिको रिपोर्ट पोजेटिभ देखिएपछि आइतबार बेलुकाबाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको मन्त्री ढकालले जानकारी दिए ।

‘१९ बर्षीया ती युवतीको उहाँको परिवार र होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई परीक्षण गर्ने र उहाँहरुलाई पनि आइसोलेसनमा राख्ने व्यवस्था भएको छ,’ मन्त्री ढकालले भने हामीले तपाइहरुलाई अहिले ताजा सूचना दिएका हौं, व्यक्तिको गोपनियता पनि ख्याल गरिदिनुहोला।’

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : ०७ बजे

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार