कोरोना संक्रमित किशोरीका आफन्त र साथीहरुलाई पनि आइसोलेसनमा राखिने « Khabarhub

कोरोना संक्रमित किशोरीका आफन्त र साथीहरुलाई पनि आइसोलेसनमा राखिने


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फान्सबाट कतार हुँदै नेपाल आएकी एक किशोरीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिए पछि सरकारले उनका आफन्त र साथीहरुलाई पनि आइसोलसनमा राख्ने तयारी थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका अनुसार गत मंगलबार (चैत ४ गते) फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया छात्राको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण भएको देखिएको थियो ।

नेपाल प्रवेश गरेदेखि नै उनलाई क्वारेन्टाइनमा राखिएको थियो । बीचमा उनले केही साथी र आफन्तहरुलाई पनि भेटेको हुन सक्ने सम्भावनाका बीच सरकारले उनीहरुको खोजी शुरु गरेको हो ।

मन्त्री ढकालले आइतबारदेखि नै कोरोना संक्रमणको पुष्टि भएकी किशोरीका आफन्त र साथीहरुको खोजी शुरु गरिएको बताए ।

साथै, ती किशोरीसँगै एउटै प्लेनमा आएका अन्य व्यक्तिको पनि खोजी शुरु गरिएको मन्त्री ढकालको भनाइ छ ।

‘उहाँ (संक्रमित किशोरी)का आफान्त, साथीभाई र सँगै प्लेनमा आएका व्यक्तिलाई आइसोलेसनमा राख्ने प्रक्रिया शुरु गरिएको छ,’ सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने, ‘उहाँले क–कसलाई भेट्नुभयो भन्ने विषयमा अहिले पनि अनुसन्धान भइरहेको छ ।’

आइसोलेसनमा राखिने सबै जनाको कोरोना संक्रमण भए–नभएको यकीन गर्न स्वास्थ्य परीक्षण गरिने मन्त्री ढकालले बताए ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : ०८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले