कोरोनाको संक्रमण फैलिन नदिन कैलालीमा अनिश्चिकालीन निषेधाज्ञा « Khabarhub

कोरोनाको संक्रमण फैलिन नदिन कैलालीमा अनिश्चिकालीन निषेधाज्ञा


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कैलाली प्रशासनले जिल्लाभर अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले एक विज्ञप्ती जारी गर्दै सोमबार दिउँसो २ बजेदेखि लागू हुने गरी कैलालीमा निषेधाज्ञा जारी गरिएको घोषणा गरेका हुन् ।

राजपत्रमा तोकिएका अत्यावश्यक सेवासँग सम्बन्धित बाहेक अन्य गतिविधि नगर्न पनि प्रमुख जिल्ला अधिकारी बोहोरोद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

भारतसँग जोडिएको प्रमुख २ नाकाहरु गड्डाचौकी र गौरीफन्टाबाट स्वदेश फर्किन नेपालीको भीडका कारण सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम रहेको भन्दै सामाजिक अभियान्ताहरुले पुरै प्रदेश नै ‘लकडाउन’ गर्नुपर्ने बताउँदै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार रातिदेखि लागू हुने गरी जिल्लालाई ‘लकडाउन’ गरिएको घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : २६ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १