कोरोनाको संक्रमण फैलिन नदिन कैलालीमा अनिश्चिकालीन निषेधाज्ञा | Khabarhub Khabarhub

कोरोनाको संक्रमण फैलिन नदिन कैलालीमा अनिश्चिकालीन निषेधाज्ञा


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कैलाली प्रशासनले जिल्लाभर अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले एक विज्ञप्ती जारी गर्दै सोमबार दिउँसो २ बजेदेखि लागू हुने गरी कैलालीमा निषेधाज्ञा जारी गरिएको घोषणा गरेका हुन् ।

राजपत्रमा तोकिएका अत्यावश्यक सेवासँग सम्बन्धित बाहेक अन्य गतिविधि नगर्न पनि प्रमुख जिल्ला अधिकारी बोहोरोद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

भारतसँग जोडिएको प्रमुख २ नाकाहरु गड्डाचौकी र गौरीफन्टाबाट स्वदेश फर्किन नेपालीको भीडका कारण सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम रहेको भन्दै सामाजिक अभियान्ताहरुले पुरै प्रदेश नै ‘लकडाउन’ गर्नुपर्ने बताउँदै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार रातिदेखि लागू हुने गरी जिल्लालाई ‘लकडाउन’ गरिएको घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : २६ बजे

दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र

लप्चिका स्थानीयवासीलाई गाउँमै पुगेर सीमा पास वितरण

दोलखा – दोलखा र चीनको सीमानामा पर्ने लप्चि नाकाका स्थानीयवासीलाई

वर्ल्डलिङ्कको रिट खारेज हुँदा राज्यकोषको अर्बौं रकम सुरक्षित

काठमाडौं – सर्वोच्च अदालतले वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग

चितवन – सौराहाका पर्यटन व्यवसायीहरुले सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न

स्पष्ट योजनाका साथ कार्य सम्पादन गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्पष्ट योजनाका साथ