सलमान खानलाई लाग्यो ‘राधे’ को चिन्ता, घरबाटै हुनेछ सम्पादन « Khabarhub

सलमान खानलाई लाग्यो ‘राधे’ को चिन्ता, घरबाटै हुनेछ सम्पादन


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हरेक वर्षको इदमा सलमान खानले फ्यानलाई कुनै न कुनै फिल्म दिने गर्छन् । यसपटक भने ईदमा फिल्म रिलिज नहुने सम्भावना थियो । त्यही बेला सलमान खानले ‘राधे’ नामक फिल्मको घोषणा गरे ।

फिल्मका लागि सलमान खानले निकै छिटोछिटो काम गरेका थिए । तर यसपटक कोरोना भाइरसका कारण सबै काम ठप्प भयो । फिल्मको शूटिङ पनि रोकियो ।

सलमान खान चाहिँ अझै पनि फिल्म ईदमा रिलिज हुनेमा विश्वस्त छन् । उनलाई लागिरहेको छ कि, छिट्टै नै यो कोरोनाको असर कम हुनेछ र सबै कुरा पुरानै अवस्थामा फर्किनेछ ।

खबरका अनुसार सलमान खानले फिल्मको सम्पादनको काम अब शुरु गर्दैछन् । सम्पादनसँग जोडिएका मान्छे उनको घरमा आएका छन् र सलमान खानसँगै फिल्मको सम्पादन थाल्नेछन् ।

जति छायांकन भइरहेको छ, त्यो सम्पादन हुनेछ । यसका लागि सलमान खानले आफ्नो समयको सदुपयोग गरेका छन् ।

प्रभुदेवाले निर्देशन गरेको फिल्म ‘राधे’ को शूटिङ अझै पनि बाँकी छ । बाँकी शूटिङ थाइल्याण्डमा गर्ने भनिएको थियो । तर, कोरोनाका कारण क्यान्सल गरिएको छ ।

निर्माण टिमले फिल्मलाई अझै पनि ईद पारेरै रिलिज गर्ने प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  २ : ५८ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६