कोरोना संक्रमणको जोखिम कम गर्न अर्घाखाँचीमा पनि ‘लकडाउन’ « Khabarhub

कोरोना संक्रमणको जोखिम कम गर्न अर्घाखाँचीमा पनि ‘लकडाउन’


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्घाखाँची जिल्लालाई ‘लकडाउन’ गरिने भएको छ । सोमबार राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि अर्घाखाँची जिल्ला ‘लकडाउन’ हुने भएको हो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लालाई ‘लकडाउन’ गर्ने निर्णय गरेको हो ।

सतर्कता अपनाउन अन्य जिल्लाबाट अर्घाखाँची जिल्लामा प्रवेश गर्ने मालवाहक गाडीबाहेक अन्य सार्वजनिक, निजी सवारी साधन, मोटरसाइकलको आवागमन आज राति १२ बजेपछि बन्द हुनेछ । मालवाहक सवारी साधन निर्वाधरूपमा चल्नेछन् । मालवाहक गाडीका चालक र सहचालकको हेल्थ डेस्कमा स्वास्थ परीक्षण हुने भएको छ ।

औषधि पसल र पेट्रोलपम्प २४सै घण्टा खुला रहनेछन् । खाद्यान्न, ग्यास, तेल, फलफूल पसल प्रत्येक दिन बिहान १० बजेदेखि २ बजेसम्म खुला रहनेछन् । दूध डेरी, फलफूल तथा तरकारी पसल बिहान ६ देखि ९ र बेलुका ४ देखि ७ बजेसम्म खुला हुने भएका छन् ।

बैठकमा सांसद चन्द्रबहादुर खड्का, प्रदेशसभा सदस्य चेतनारायण आचार्य, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसाल, नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानसहित सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, यातायात व्यवसायी, उद्योगी, व्यवसायी तथा पत्रकारको सहभागिता थियो ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ३ : ११ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १