कोरोना भाइरसलाई गम्भीरतापूर्वक लिन मोदीको आह्वान « Khabarhub

कोरोना भाइरसलाई गम्भीरतापूर्वक लिन मोदीको आह्वान


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसलाई गम्भीरतापूर्वक लिन भारतीयहरुसमक्ष आह्वान गरेका छन् ।

ट्वीटरमार्फत् सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले भारतीयहरुसमक्ष घरभित्रै बसेर आफैंलाई जोगाउन समेत आग्रह गरे । भारतीयहरुले सरकारी निर्देशनको गम्भीरतापूर्वक नलिएको भन्दै यस्ता निर्देशनहरु पालना गर्न आह्वान गरे ।

मोदीले कोरोना भाइरसको रोकथामका लागि आइतबार जनता कफ्र्यू समेत लागू गरेका थिए । कोरोना भाइरसको रोकथामकै लागि राजधानी नयाँ दिल्ली सहित विभिन्न राज्यका ७५ जिल्लामा तालाबन्दी गरिएको छ ।

भारतमा हालसम्म ४१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ७ जनाको मृत्यु भइसकेको छ । यद्यपि १ अर्ब ३० करोड भन्दा धेरै जनसंख्या रहेको भारतमा कोरोना भाइरसले ठूलो स्वास्थ्य प्रकोपको रुप लिने चिन्ता उत्पन्न हुँदै आएका छन् ।

कमजोर स्वास्थ्य सेवा रहेका कारण पनि त्यस किसिमको स्वास्थ्य प्रकोपप्रति चिन्ता व्यक्त गर्न थालिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ३ : १५ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १