कोरोना भाइरसलाई गम्भीरतापूर्वक लिन मोदीको आह्वान | Khabarhub Khabarhub

कोरोना भाइरसलाई गम्भीरतापूर्वक लिन मोदीको आह्वान


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसलाई गम्भीरतापूर्वक लिन भारतीयहरुसमक्ष आह्वान गरेका छन् ।

ट्वीटरमार्फत् सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले भारतीयहरुसमक्ष घरभित्रै बसेर आफैंलाई जोगाउन समेत आग्रह गरे । भारतीयहरुले सरकारी निर्देशनको गम्भीरतापूर्वक नलिएको भन्दै यस्ता निर्देशनहरु पालना गर्न आह्वान गरे ।

मोदीले कोरोना भाइरसको रोकथामका लागि आइतबार जनता कफ्र्यू समेत लागू गरेका थिए । कोरोना भाइरसको रोकथामकै लागि राजधानी नयाँ दिल्ली सहित विभिन्न राज्यका ७५ जिल्लामा तालाबन्दी गरिएको छ ।

भारतमा हालसम्म ४१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ७ जनाको मृत्यु भइसकेको छ । यद्यपि १ अर्ब ३० करोड भन्दा धेरै जनसंख्या रहेको भारतमा कोरोना भाइरसले ठूलो स्वास्थ्य प्रकोपको रुप लिने चिन्ता उत्पन्न हुँदै आएका छन् ।

कमजोर स्वास्थ्य सेवा रहेका कारण पनि त्यस किसिमको स्वास्थ्य प्रकोपप्रति चिन्ता व्यक्त गर्न थालिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ३ : १५ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन