सार्वजनिक सवारी साधन बन्द गर्न व्यवसायीको माग « Khabarhub

सार्वजनिक सवारी साधन बन्द गर्न व्यवसायीको माग


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सोमबारदेखि लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । यससँगै काठमाडौंबाट बाहिर जाने सवारीसाधन पूर्ण रुपले बन्द भएका छन् ।

यसैबीच यातायात व्यवसायीहरुले लामो दूरीका मात्र नभई छोटो दूरीमा चल्ने सवारीसाधन पनि सञ्चालनमा रोक लगाउन सरकारलाई माग गरेका छन् ।

कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई ध्यानमा राख्दै उपत्यकामा चल्ने सवारी साधन समेत रोक लगाउन माग गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

‘लामो दूरीका सवारीमा रोक लगाइसकेको छ’ महासंघका महासचिव सरोज सिटौलाले भने, ‘तर छोटो दुरीमा के गर्ने भन्ने बारे कुनै निर्णय भएको छैन ।’

सार्वजनिक सवारी सधान मात्र होइन निजी सवारीसाधन पनि बन्द हुनुपर्छ मानिसहरु सबै घरमै बस्छन् । त्यसकारण सवारी साधन पूर्ण रुपले बन्द गर्नुपर्छ भन्ने माग गर्दै मन्त्रालय पुगेको सिटौलाले खबरहबलाई जानकारी दिए ।

यातायातमन्त्री वसन्तकुमार नेम्वाङले व्यवसायीको यो मागलाई उच्चस्तरीय कमिटीमा यो निर्णय लैजाने प्रतिक्रिया दिएको सिटौलाले बताए ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ५ : १४ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो