सार्वजनिक सवारी साधन बन्द गर्न व्यवसायीको माग | Khabarhub Khabarhub

सार्वजनिक सवारी साधन बन्द गर्न व्यवसायीको माग


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सोमबारदेखि लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । यससँगै काठमाडौंबाट बाहिर जाने सवारीसाधन पूर्ण रुपले बन्द भएका छन् ।

यसैबीच यातायात व्यवसायीहरुले लामो दूरीका मात्र नभई छोटो दूरीमा चल्ने सवारीसाधन पनि सञ्चालनमा रोक लगाउन सरकारलाई माग गरेका छन् ।

कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई ध्यानमा राख्दै उपत्यकामा चल्ने सवारी साधन समेत रोक लगाउन माग गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

‘लामो दूरीका सवारीमा रोक लगाइसकेको छ’ महासंघका महासचिव सरोज सिटौलाले भने, ‘तर छोटो दुरीमा के गर्ने भन्ने बारे कुनै निर्णय भएको छैन ।’

सार्वजनिक सवारी सधान मात्र होइन निजी सवारीसाधन पनि बन्द हुनुपर्छ मानिसहरु सबै घरमै बस्छन् । त्यसकारण सवारी साधन पूर्ण रुपले बन्द गर्नुपर्छ भन्ने माग गर्दै मन्त्रालय पुगेको सिटौलाले खबरहबलाई जानकारी दिए ।

यातायातमन्त्री वसन्तकुमार नेम्वाङले व्यवसायीको यो मागलाई उच्चस्तरीय कमिटीमा यो निर्णय लैजाने प्रतिक्रिया दिएको सिटौलाले बताए ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ५ : १४ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको