१२ घण्टामा ४० जनाले सोधे महानगरको हटलाइनमा कोरोना भाइरस सम्बन्धि प्रश्न « Khabarhub

१२ घण्टामा ४० जनाले सोधे महानगरको हटलाइनमा कोरोना भाइरस सम्बन्धि प्रश्न


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –काठमाडौं महानगरको हटलाइन टेलिफोन ११८० मा गएको १२ घण्टामा ४० वटा सोधपुछ भएका छन् ।

चैत ९ गते आइतबार साँझ साढे ५ बजेदेखि सोमबार बिहान ६ बजेसम्म ४० जनाले टेलिफोन गरेर जानकारी दिएका छन् ।

यसरी जानकारी लिन फोन सम्पर्क गर्नेको संख्या काठमाडौं उपत्यकाभित्रबाटभन्दा बाहिरका धेरै छ ।

काठमाडौंबाहिर चितवन, बर्दिबास, जुम्ला, बनेपा, नेपालगञ्ज, मोराङ्, कपिलबस्तु, लमजुङ्, पर्सा, बीरगञ्ज, धनगढी र बाराबाट टेलिफोन आएको थियो ।

हटलाइनमा बसेर टेलिफोनबाट जानकारी दिने स्वास्थ्यकर्मीहरु ऋषिप्रसाद भुषाल र ज्ञानप्रसाद ओलीकाअनुसार फोन गर्नेहरुले बारम्बार सोध्ने प्रश्नहरुमा — नेपालमा कतिजनालाई संक्रमण देखिएको छ ? बीरगञ्जमा कोरोना देखिएको पुष्टि भएको हो ? कुन साबुनले हात धुँदा राम्रो ? डिटोलले हात धुँदा पानीमा कति मिसाउनु पर्छ ? मास्क अनिवार्य नै हो त ? कोभिडका लक्षण कसरी थाहा पाउने ? कसैलाई भइहाल्यो भने पहिले के गर्ने ? जस्ता छन् ।

भोलिदेखि गाडी चल्छ कि चल्दैन ? बजारमा ग्याँस छैन त, कहाँबाट लिने ? सामान पाइएन भने के गर्ने ? जस्ता जनसाधारणले साधेका प्रश्न हुन् ।

त्यस्तै पोलि क्लिनिक सञ्चालकहरुले — कोरोनाका बिरामी भेटिए हामीले के गर्ने ? भनेर प्रश्न सोधेका थिए । यससँगै हटलाइनमा फोन गरेर महानगरले सेवा दिएकोमा धन्यवाद दिने पनि थिए ।

कोरोना भाइरस (कोभिड — १९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने सन्दर्भमा जनसाधारणमा भएको आशंकालाई स्पष्ट गरिदिने, उपचारका अन्यौल भए अस्पताल वा उपचार व्यवस्था सम्बन्धि जानकारी गराउने उद्देश्यले महानगरले स्थापना गरेको महानगरस्तरीय स्वास्थ्य सहायता केन्द्रीय कक्ष राष्ट्रिय सभा गृहमा छ ।

यससँगै वडा कार्यालयहरु, सहरी स्वास्थ्य क्लिनिकहरु र अन्य केही सार्वजनिक स्थानमा पनि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएका छन् । ती कक्षहरुबाट कोभिड — १९ (कोरोना भाइरस) का लक्षण, यसलाई नियन्त्रण गर्न अपनाउनु पर्ने साबधानी, एकान्तबास (सेल्फ क्वारेन्टाइन) लगायत व्यक्तिगत र सामाजिक क्रियाकलापका बिषयमा परामर्श दिइन्छ । त्यस्तै सचेतनामुलक सामाग्रीसँगै निःशुल्क मास्क र स्यानिटाइजर वितरण गरिन्छ ।

महानगरले ११८० हटलाइनसँगै टेलिफोन नं. हरु ९८४९ ८५६६७१, ९८४९ ८५६६७२ र ९८४९ ८६०५४७ बाट पनि कोरोना भाइरस नियन्त्रण तथा उपचार सहायताका लागि परामर्श दिनेछ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ५ : २७ बजे

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि