मैले कोरोनाभाइरसको संक्रमण फैलिन नदिन के गर्न सक्छु ? « Khabarhub

मैले कोरोनाभाइरसको संक्रमण फैलिन नदिन के गर्न सक्छु ?


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कोरोनाभाइरसका साथै अन्य सरुवा रोग फैलिन नदिन हात धुनु अत्यन्तै महत्वपूर्ण छ ।

सहि तरिकाले साबुन पानीले हात धुनु कोरोनाभाइरस विरुद्धको लडाईंमा अत्यन्तै प्रभावकारी प्रमाणित भएको छ । कोरोनाभाइरसका साथै अन्य सरुवा रोगबाट आफु तथा अन्यलाई जोगाउन यो नै सबैभन्दा सस्तो र प्रभावकारी उपाय हो ।

कोरोनाभाइरस (कोभिड-१९) जस्ता श्वासप्रश्वास सम्बन्धी भाइरस संक्रमितको सिँगान तथा खकारका साथै सूक्ष्म थोपाहरू आँखा, नाक वा घाँटिको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्दछ । धेरै जसो अवस्थामा यस्तो संक्रमण हाम्रो हात मार्फत हुने गर्छ । एक व्यक्तिबाट अर्कोमा भाइरस सर्ने प्रमुख माध्यम नै हात हो ।

विश्वव्यापी महामारीको समयमा भाइरसको संक्रमण फैलिनबाट रोक्न नियमित रुपमा साबुन पानीले हात धुनु सबैभन्दा सस्तो, सजिलो र महत्वपूर्ण उपाय हो ।

हात धुने सहि तरिकाका बारेमा तपाईंले जान्नुपर्ने कुरा निम्न छन्:

हात धुने उत्तम तरिका के हो ? 

भाइरसका सबै अवशेष नष्ट गर्न सामान्य धोई पखाली पर्याप्त हुँदैन । हात धुने विस्तृत तरिका निम्न छ :

कदम १  बगिरहेको पानीमा हात भिजाउने,

कदम २  भिजेको हातमा मनग्गे साबुन लगाउने,

कदम ३ हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तिमा २० सेकेण्डसम्म राम्रोसँग मिच्ने,

कदम ४  बगिरहेको पानीले राम्ररी हात पखाल्ने,

कदम ५ सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने ।

मैले कति समय सम्म हात धुनुपर्दछ ?

तपाईंले कम्तिमा २० सेकेण्ड लगाएर हात धुनुपर्दछ । पर्याप्त समय हात धोएको सुनिश्चित गर्ने सजिलो उपाय: रेशम फिरिरि रेशम फिरिरि, उडेर जाउँ कि डाँडामा भन्ज्यांग रेशम फिरिरर दुईपटक गाउनु हो ।

स्यानिटाईजर प्रयोग गरेर हात सफा गर्दा पनि यहि तरिका अपनाउन सकिन्छ । कम्तिमा ६० प्रतिशत अल्कोहल भएको जिवाणुनाशक जेल वा क्रिमलाई कम्तिमा २० सेकेण्ड हातमा लगाएर मिच्नुहोस् ।

 मैले कहिले हात धुनुपर्दछ?

कोभिड-१९ बाट जोगिने सन्दर्भमा, तपाईंले निम्न अवस्थामा हात धुनुपर्दछ:

  • नाक सफा गरेपछि, खोकेपछि वा हाच्छ्युँ गरेपछि
  • सार्वजनिक यातायात, बजार वा धार्मिक स्थलहरूजस्ता सार्वजनिक स्थानहरूमा गएर फर्केपछि
  • नगद-पैसा लगायत घर बाहिरका अन्य वस्तु छोएपछि
  • अस्वस्थ व्यक्तिको हेरचाह गर्नुभन्दा पहिला तथा गरिसकेपछि
  • खाना खानुभन्दा अगाडी तथा खाईसकेपछि
  • अन्य सामान्य समयमा पनि निम्न अवस्थामा हात धुनुपर्दछ:

शौचालयको प्रयोग गरिसकेपछि

  • खाना खानुभन्दा अगाडी तथा खाईसकेपछि
  • फोहोर मैला छोएपछि
  • घरपालुवा वा अन्य जनावरहरूलाई छोएपछि
  • बालबालिकाको डाईपर फेरेपछि वा उनीहरूलाई शौच कार्य गराईसकेपछि
  • हात फोहोर भएको अवस्थामा

मैले आफ्ना छोराछोरीको हात धुन कसरी सघाउन सक्छु ?

स्टुल वा केहि अग्लो चिज हात धुने धारा र साबुन आफैंले पुग्ने ठाउँमा राखि हात धुन सजिलो व्यवस्था गरेर तपाईंले आफ्ना छोराछोरीको लागि हात धुन सघाउन सक्नुहुन्छ । उनीहरूको मनपर्ने गीत गाएर पनि हात धुने प्रक्रियालाई रमाईलो बनाउन सक्नुहुन्छ ।

के हात धुनका लागि तातो पानी आवश्यक छ ?

आवश्यक छैन। हात धुन तातो वा चिसो, जस्तो तापक्रमको पानी पनि प्रयोग गर्न सकिन्छ । जबसम्म तपाईं साबुनको प्रयोग गर्नुहुन्छ, जिवाणु तथा भाइरसलाई प्रभावकारी तवरले मार्नका लागि तातो वा चिसो कुनैपनि तापक्रमको पानी प्रयोग गर्न सकिन्छ ।

के मैले तौलियाले हात पुछ्नुपर्छ ?

जिवाणुहरू सुख्खा छाला भन्दा भिजेको छाला मार्फत सजिलोसँग सर्ने हुनाले हातलाई पूर्ण रूपले सुकाउनु अत्यन्तै जरूरी छ । कागजी रुमाल वा सफा कपडाले पुछ्नु नै जिवाणु एक सतहबाट अन्यमा फैलिनबाट रोक्ने प्रभावकारी उपाय हो ।

हात धुनु र स्यानिटाईजर लगाउनुमा कुन बढि प्रभावकारी हुन्छ?

सहि तरिका अपनाउने हो भने किटाणु तथा रोगकारक जिवाणु नष्ट गर्न हात धुनु र स्यानिटाईजर लगाउनु दुबै उत्तिकै प्रभावकारी मानिन्छ । घरबाट बाहिर रहेका बेलामा स्यानिटाईजर एक सजिलो विकल्प हुन सक्छ तर आपतकालीन अवस्थामा यो महँगो हुनुका साथै सजिलै नपाईन पनि सक्छ। अल्कोहलमा आधारित हात स्यानिटाईजरले कोरोनाभाइरसलाई नष्ट गर्ने भएतापनि यसले सबै प्रकारका जिवाणु तथा किटाणु भने मार्दैन । उदाहरणको लागि यसलाई नोरोभाइरस र रोटाभाइरस जस्ता भाइरस बिरुद्ध एकदमै निष्प्रभावकारी मानिएको छ ।

साबुन नभएको अवस्थामा के गर्ने ?

यदि साबुन र पानी उपलब्ध छैन भने विकल्पका रुपमा क्लोरिनयुक्त पानी वा कम्तिमा ६० प्रतिशत अल्कोहल भएको स्यानिटाईजरले हात सफा गर्नु एक राम्रो बिकल्प हो । यि विकल्प उपलब्ध नभएमा साबुन पानीको झोल वा खरानीको प्रयोगलेपनि जिवाणु मार्न सघाउँछ तथापि यो त्यति प्रभावकारी हुँदैन । त्यसैले यी विकल्पहरूको प्रयोग गरिएको भएतापनि तपाईं हात धुने स्थानमा पुग्ने वित्तिकै साबुन पानीले राम्ररी हात धुनुहोस् र त्यस बीच अन्य संक्रमणको सम्भावना भएका सतहहरूमा नछुनुहोस् ।

यसबाहेक मैले कोरोनाभाइरसको संक्रमण फैलिन नदिन के गर्न सक्छु ?

  • खोक्दा वा हाच्छ्युँ गर्दा सुरक्षित विधि अपनाउने: खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी रुमालले नाक र मुख छोप्ने, उक्त कागजी
  • रुमाललाई तत्काल फोहोरदानीमा फाल्ने, र नियमित हात धुने,
  • आफ्नो अनुहार (मुख, नाक, आँखा) नछुने,
  • सामाजिक दुरी कायम गर्ने: हात नमिलाउने, अंकमाल वा चुम्बन नगर्ने, खाना तथा भाँडा वा कप र तौलिया नबाँड्ने,
  • रुघा वा फ्लुको लक्षण देखिएका व्यक्तिबाट टाढै बस्ने,
  • आफु वा आफ्ना बालबालिकामा ज्वरो, खोकि वा सास फेर्न समस्या देखिएमा स्वास्थ्य सेवामा तुरन्तै सम्पर्क गर्ने ।

– युनिसेफबाट

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ५ : ५२ बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु