घरबाट बाहिर निस्किए के हुन्छ कारबाही ? यस्तो छ कानूनी व्यवस्था « Khabarhub

घरबाट बाहिर निस्किए के हुन्छ कारबाही ? यस्तो छ कानूनी व्यवस्था


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले मंगलबार (११ गते)देखि लागू हुने गरी अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ।

कोरोना भाइरसको जोखिम रोक्नका लागि सरकारले संक्रामक रोग ऐन २०२० को व्यवस्थाअनुसार मंगलबार बिहान ६ बजेदेखि १८ गते सम्मका लागि अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन आदेश दिएको छ।

कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले  एक हप्तासम्म घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको हो।

सिंहदरबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय गरेको हो।

७७ वटै जिल्लामा लागू हुने उक्त आदेश दिएको हो ।

आदेशको उलंघन गरे के हुन्छ कारबाही ?

निर्देशनको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने उपप्रधानमन्त्री एवं समितिका संयोजक ईश्वर पोखरेलले बताए ।

संक्रामक रोग ऐन २०२० अनुसार कुनै व्यक्तिले रोग फैलिएको अवस्थामा सरकारले जारी गरेको निर्देशनको अवज्ञा गरेमा एक महिनासम्म कैद वा सय रुपैयाँ जरिवाना हुने उल्लेख छ।

ऐनको दफा ३ मा उल्लेख गरिएको छ, ‘यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ।’

निर्णयको पालना गराउने जिम्मा समितिले प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।

मंगलबारदेखि लागू हुने गरी सरकारले गरेको निर्णय बमोजिम निम्न केही सेवा सुचारु हुने र केही बन्छ हुनेछन् ।

के के सुचारु रहने ?

सुरक्षाकर्मी र तोकिएका वायुयान, अत्यावश्यक ढुवानीका सवारी साधन, प्रेस औषधि दूध, खानेपानी र इन्धनका सवारी साधन, औषधि र अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग तथा सुरक्षा, खाद्यवस्तु, दूध, खानेपानी, सञ्चार, भन्सार र क्वारेन्टाइन कार्यालय।

के के रोकिए ?

व्यावसायिक आन्तरिक उडान, सार्वजनिक यातायात, अत्यावश्यकबाहेकका सम्पूर्ण निजी क्षेत्रका उद्योग बन्द गरिने, सर्वसाधारण व्यक्ति घरबाट बाहिर निस्कन नपाइने।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ८ : २८ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र