के हो ‘लकडाउन’, जानिराखौं « Khabarhub

के हो ‘लकडाउन’, जानिराखौं


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलिएसँगै प्रचलनमा आएको शब्द हो ‘लकडाउन’ ।

संक्रमण फैलन नदिन विभिन्न मुलुकहरुले लगाएका प्रतिबन्धका स्वरुपहरु ‘लकडाउन’ शब्दमार्फत झल्किएका छन् ।

‘लकडाउन’ भनेको एक यस्तो आपत्कालीन व्यवस्था हो जसअन्तर्गत निजी प्रतिष्ठान, निजी कार्यालय एवं सार्वजनिक यातायात पूर्ण रूपले बन्द गरिन्छ।

अर्थात् कुनै विशेष कारणविना मानिस घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन्।

नेपालमा लागु गरिएको ‘लकडाउन’ अनुसार यहाँ अब सात दिनसम्म सार्वजनिक र निजी सबै यातायात बन्द रहनेछन् ।

तर अत्यावश्यक, स्वास्थ्यकर्मी र सुरक्षा निकायका सवारीसाधन सञ्चालनमा भने रोक लगाइने छैन ।

सबै पसल, स्टोर, कारखाना, वर्कशप, अफिस, गोदाम तथा साप्ताहिक बजार बन्द रहनेछन्।

तर लकडाउनको अवधिमा प्रहरी कार्यालय, अस्पताल, अग्नि नियन्त्रक कार्यालय, जेल, महत्त्वपूर्ण सरकारी कार्यालय तथा सरकारी खाद्यान्न एवम् किराना पसल निश्चित समयसम्म खुला रहनेछन्।

यस्तै बिजुली, पानी, इन्टर्नेट ब्याङ्किङ तथा एटीएमजस्ता सुविधा जारी रहनेछन् भने प्रिन्ट तथा इलेक्ट्रोनिक सञ्चारमाध्यमलाई पनि काम गर्न दिइनेछ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ९ : ०७ बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको