भारतको रेल सेवाद्वारा दैनिक दुई लाख ६० हजारलाई भोजन « Khabarhub

भारतको रेल सेवाद्वारा दैनिक दुई लाख ६० हजारलाई भोजन


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको रेल सेवा प्रदायक निकायले दैनिक दुई लाख ६० हजारभन्दा बढीलाई खान खुवाउने गरेको जनाएको छ । रेल सेवाका देशभरी रहेका विभिन्न कार्यालय मार्फत् दैनिक २ लाख ६० हजार जनालाई खाना खुवाइएको हो ।

लकडाउनका कारण खाद्य सङ्कटमा परेकाहरुलाई खाना खुवाउने कार्य भइरहेको रेल मन्त्रालयले बुधबार जनाएको छ । जिल्लास्तरमा रहेका सवै कार्यालयहरुलाई उनीहरुका लागि खानको व्यवस्था गर्न सूचित गरिएको पनि मन्त्रालयको भनाइ छ।

रेल सेवाका कार्यालयको क्षमताअनुसार क्षेत्र क्षेत्रमा खाना खुवाउदा दैनिक दुई लाख ६० हजार भन्दा बढीले सेवा पाएको मन्त्रालयका एक अधिकारीले भने । पीडित धेरै भएको कतिपय ठाउँमा एक ठाउँबाट अर्को ठाउँमा पनि लगिदिने गरिएको बताइएको छ।

उनीहरुलाई प्रति छाक १५ रुपैयामा खुवाइएको पनि समाचारमा जनाइएको छ । खर्चको व्यवस्थापन भने राज्यले गरिदिएको छ । राज्यले चाहेमा अहिले खुवाइरहेका भन्दा अरुलाई पनि खाना खुवाउन सकिने रेल सेवाका अधिकारीको भनाइ छ।

भारतीय रेल सेवाले दैनिक झण्डै एक लाख जनालाई त यसअघि पनि खाना खुवाउदै आएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ७ : २४ बजे

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज

सडक क्षेत्रका अवैध संरचना हटाइँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज– नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध रूपमा निर्माण

वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित

कञ्चनपुर– आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन्

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण