बलात्कार आरोपित तीन जना छ महिनापछि पक्राउ « Khabarhub

बलात्कार आरोपित तीन जना छ महिनापछि पक्राउ


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भई हाल काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ बस्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार सामूहिकरूपमा जबर्जस्ती करणी गरेको आरोपमा छ महिनादेखि फरार तीन जनालाई बुधबार पक्राउ गरिएको हो ।

गत असोज १३ गते विभिन्न प्रलोभन देखाई बा ५ च ३८४९ नम्बरको बलेरोमा राखी धुलिखेलबाट बनेपा नगरपालिका–६ स्थित काभ्रे क्याम्पस माथिको जङ्गलमा लगि गाडीभित्र नै जबर्जस्ती करणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुविरुद्ध असोज १६ गते जाहेरी परेको र १७ गते नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिई प्रहरीले खोजतलास शुरु गरेको थियो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–८ कुन्ताबेँसी स्थायी घर भइ हाल बनेपा नगरपालिका–१० थापागाउँ बस्ने १९ वर्षीय सविन गौतम, पनौती नगरपालिका– ५ सुन्दरबस्ती बस्ने १८ वर्षीय सन्देश थापा र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ शेरा स्थायी घर भइ हाल बनेपा नगरपालिका–१० डेरा गरी बस्ने १९ वर्षीय सविन दुलाल रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले प्रयोग गरेको गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका तीन जनालाई मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसूरअन्तर्गत जबर्जस्ती करणीअन्तर्गतको मुद्दा दायर हुनेछ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ८ : ५४ बजे

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि