आज पनि हावाहुरीसहित वर्षा हुने पूर्वानुमान « Khabarhub

आज पनि हावाहुरीसहित वर्षा हुने पूर्वानुमान


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा हुने पूर्वानुमान गरेको छ ।

देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेकाले पहाडी भू–भागका धेरै स्थानहरूमा र मध्य तथा पश्चिमी तराईका थोरै स्थानहरुमा अपरान्ह मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी पहाडी भूभागका एक दुई स्थान तथा मध्य र पूर्वी भू–भागका थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा सामान्य र तराईका भू–भागमा आंशिकदेखी सामान्य बदली भइरहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ९ : ०७ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५