६ हजारको थर्मोमिटर १० हजारमा बिक्री गरेपछि औषधि पसललाई २ लाख जरिवाना « Khabarhub

६ हजारको थर्मोमिटर १० हजारमा बिक्री गरेपछि औषधि पसललाई २ लाख जरिवाना


११ बैशाख २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- तापक्रम मापन गर्ने यन्त्र इन्फारेड थर्मोमिटर कालो बजारी गर्ने नेपालगञ्जको एक औषधि पसललाई रु दुई लाख जरिवाना गरिएको छ ।

रु ६ हजारमा खरीद गरेको थर्मोमिटरलाई रु १० हजारसम्ममा बिक्री गरेको पाइएपछि संयुक्त बजार अनुगमन टोलीले धम्बोझीस्थित लाइफ केयर सर्जिकल औषधि पसललाई कारवाही गरिएको हो ।

लाइफ केयरले ६६ प्रतिशतसम्म मुनाफा लिएर बिक्री गरेको पाइएपछि बुधबार कारवाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्णप्रसाद पौड्यालले जानकारी दिए ।

उहाँका अनुसार अनुगमन टोलीले उक्त औषधि पसललाई खरीद मूल्यमा अधिकतम २० प्रतिशतभन्दा बढी मुनाफा नलिई बिक्री गर्न र औषधि ब्यवस्था विभागले सिफारिश गरेको मूल्यभन्दा बढीमा स्यानिटाइजर बिक्री नगर्न आदेश दिएको छ ।

समितिले बुधबार नै नेपालगञ्जका अरु तीन औषधि पसलमा पनि अनुगमन गरेको थियो ।

संयुक्त बजार अनुगमन टोलीले यसअघि औषधिमा कालोबजारी गरेका अभियोगमा नेपालगञ्जको हिल्स मेडी सप्लायर्सलाई रु दुई लाख र कमला मेडिसिनलाई रु ५० हजार जरिवाना गरिसकेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहिबार  १० : २२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको