नवगठित जनता समाजवादी पार्टीका नेताहरु दल दर्ता गर्न निर्वाचन आयोगमा « Khabarhub

नवगठित जनता समाजवादी पार्टीका नेताहरु दल दर्ता गर्न निर्वाचन आयोगमा


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) पार्टीका नेताहरु नयाँ दल दर्ता गर्नकाे लागि निर्वाचन आयोग पुगेका छन् ।

मध्यरातमा पार्टी एकता गर्ने सहमति भएपछि ‘जनता समाजवादी पार्टी नेपाल’ दल दर्ताका लागि उनीहरु निर्वाचन आयोग पुगेको हुन् ।

नेताहरुले पार्टी एकताबारे निर्वाचन आयोगलाई जानकारी गराइसकेको र पार्टी दर्ता प्रक्रिया सुरु भएको जानकारी दिएका छन् ।

बुधबार राति यी दुई दलले पार्टी एकता गरेर जनता समाजवादी पार्टी बनाउने सहमति गरेका थिए ।

नवगठित पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि राजेन्द्र श्रेष्ठ, कृष्ण शर्मा, मिथिलेस कुमार, फणिन्द्र देवकोटालगायत नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

बुधबार राति भएकाे सहमति पत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट डा बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

एकीकृत पार्टीकाे झण्डा हाल कायम समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा रहने सहमति भएकाे छ ।

चुनाव चिन्ह भने हाल कायम राजपा छाता रहने सहमति भएकाे छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  १० : ५५ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले