समाजवादी र राजपाबीच एकताको सहमति पत्र निर्वाचन आयोगमा दर्ता | Khabarhub Khabarhub

समाजवादी र राजपाबीच एकताको सहमति पत्र निर्वाचन आयोगमा दर्ता


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भएको एकताको सहमति पत्र निर्वाचन आयोगमा दर्ता गरिएको छ ।

दर्ता न.१३८८/०७७-०१-११ मा उक्त सहमति पत्र दर्ता गरिएको आयोगले जनाएको छ ।

मध्यरातमा पार्टी एकता गर्ने सहमति भएपछि ‘जनता समाजवादी पार्टी नेपाल’का नेताहरु दल दर्ताका लागि  निर्वाचन आयोग पुगेका हुन् ।

नवगठित पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि राजेन्द्र श्रेष्ठ, कृष्ण शर्मा, मिथिलेस कुमार, फणिन्द्र देवकोटालगायत नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

बुधबार राति यी दुई दलले पार्टी एकता गरेर जनता समाजवादी पार्टी बनाउने सहमति गरेका थिए ।

बुधबार राति भएकाे सहमति पत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट डा बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

एकीकृत पार्टीकाे झण्डा हाल कायम समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा रहने सहमति भएकाे छ । चुनाव चिन्ह भने हाल कायम राजपा छाता रहने सहमति भएकाे छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ११ : २४ बजे

भारतको आसामसँग नेपाल ‘ए’ टिमको पहिलो भिडन्त आज

काठमाडौं – अनिलकुमार शाहको कप्तानीमा घोषणा भएको नेपाल ‘ए’ टिमले

‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’

कञ्चनपुर– कञ्चनपुरको लालझाँडी गाउँपालिका– ३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक

नेपाल प्रहरीलाई अमेरिकी सहयोग

काठमाडौं– अमेरिकाले नेपाल प्रहरीलाई अनुसन्धान एवं तहकिकातका निम्ति उपकरण तथा

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी