लकडाउनमा पनि घर जानेको घुइँचो « Khabarhub

लकडाउनमा पनि घर जानेको घुइँचो


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले लकडाउन गरेको एक महिना नाघेको छ ।

सरकारले लकडाउन कडिकडाउ गर्ने बताउँदै आएपनि मानिसहरुलाई अघोषित रुपमा गन्तब्यसम्म जान दिन थालेको छ ।

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि व्यापार, व्यवसाय र रोजगारी गुमेर समस्यामा परेका श्रमिकहरु जोखिमकैबीच घर फर्कन बाध्य भएका हुन्।

भक्तपुरको जडीबुटीबाट रामेछाप नगरपालिकाले मङ्गलबार १३ र बुधबार १० वटा बसको व्यवस्था गरी समस्यामा परेका नागरिकलाई उद्धार गरेको रामेछापका नगरप्रमुख प्रमुख नरबहादुर थापामगरले जानकारी दिए ।

रामेछापको खाँडादेवी गाउँपालिकाका मात्रै दुई हजार नागरिक घर फर्केको जानकारी दिइएको छ ।

यस्तै सिन्धुलीको तीनपाट गाउँपालिकाले अलपत्र परेका नागरिकको उद्धार गरेको जनाएको छ । नगर उपप्रमुख पदममाया तामाङका अनुसार मंगलबार र बुधबार सिन्धुली तीनपाटका मात्रै करिव ८०० सर्वसाधारणलाई घर फर्काइएको छ ।

अन्य विभिन्न जिल्लाका स्थानीय तहले पनि आफ्ना नागरिक फर्काउने क्रम जारी राख्दा जोखिम बढेको टिप्पणी समेत हुन थालेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ११ : ५२ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको