कोरोना उपचारको व्यवस्था मिलाउन सांसदको माग « Khabarhub

कोरोना उपचारको व्यवस्था मिलाउन सांसदको माग


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पा जिल्लाबाट निर्वाचित सांसदले यहाँ कोरोना भाइरस संक्रमितको उपचार गर्ने व्यवस्था मिलाउन सरकारसंँग माग गरेका छन् । प्रतिनिधिसभाका सदस्यद्वय दलबहादुर राना र सोमप्रसाद पाण्डेयले उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग भेटी कोभिड–१९ को नियन्त्रणका लागि परीक्षण र उपचारको व्यवस्था मिलाउन आग्रह गरे ।

मन्त्रीहरुसँगको भेटमा सांसदले जिल्लामा कोरोना विशेष अस्पताल तत्काल निर्माण र पिसिआर परीक्षणको व्यवस्था गर्न माग गरे ।

पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री रानाले विभिन्न पाँचबुँदे सुझावसहित सीमाक्षेत्रमा निगरानी गर्न, आन्तरिक बन्दाबन्दी कायम राख्न, बाटामा अलपत्रलाई खानाको व्यवस्थापन गर्दै घरसम्म पुर्‍याउन तथा राहत सामग्री जनप्रतिनिधिबाटै वितरण गराई अनुगमन, समन्वय तथा आवश्यक सहजीकरणका लागि अनुरोध गरे ।

पूर्वउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पाण्डेयले जिल्लामा कोरोना उपचार र परीक्षणको व्यवस्था भएमा प गुल्मी, स्याङ्जा, तनहुँ, अर्घाखाँची, नवलपुर र बागलुङका जनतालाई समेत सेवा प्रवाह गर्न सकिने बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ३ : ०३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५