प्रधानमन्त्री ओली सर्वसत्तावादको भाइरसबाट संक्रमित भए– राप्रपा अध्यक्ष राणा « Khabarhub

प्रधानमन्त्री ओली सर्वसत्तावादको भाइरसबाट संक्रमित भए– राप्रपा अध्यक्ष राणा


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले प्रधानमन्त्री केपी ओलीलाई सर्वसत्तावादको भाइरस संक्रमण भएको आरोप लगाएका छन् ।

राणाले कूबाटोबाट अध्यादेश ल्याएर संवैधानिक परिषदमा एकलौटी गर्ने प्रधानमन्त्रीको चरम महत्वाकांक्षा संविधानको मर्म र संवैधानिक नियन्त्रण, सन्तुलन विपरीत रहेको पनि बताएका छन् ।

‘प्रधानमन्त्री केपी ओली सर्वसत्तावादको भाइरसको संक्रमणमा पर्नु भएको छ । शक्ति केन्द्रीकृत गर्दै प्रजातान्त्रिक नियन्त्रण र सन्तुलन बर्खिलाप संवैधानिक परिषदमा एकलौटी गर्ने बदनियतमा कूबाटोबाट अध्यादेश ल्याइएको छ । संवैधानिक अंगहरूलाई भर्तीकेन्द्र बनाउने अभिष्ट बिल्कुलै निन्दनीय छ,’ अध्यक्ष राणाले बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
कोभिड–१९ संक्रमण तेस्रो चरणमा प्रवेश गरीसक्दा पनि सरकार र सत्तारुढ दल चरम सत्तालिप्सा, सरकार र पार्टीगत शक्तिसंघर्षमा रुमल्लिनु उचित नभएको राणाको भनाइ छ ।

‘समुदायमा एकै दिन १२, अर्को दिन ११ जना संक्रमित देखिएको छ । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं राष्ट्रमाथिको भार, निमुखा जनताको दुखः, कष्ट चटक्कै बिर्सिएर प्रधानमन्त्री निजी महत्वाकांक्षा पूरा गर्न लाग्नुभएको छ,’ राणाले ट्वीटरमा लेखेका छन्, ‘महामारीबीच सत्तालिप्सा, सरकार र पार्टीको शक्तिसंघर्षमा रमाउनु अनपयुक्त छ ।’

बन्दाबन्दीको समयमा किसानहरू फसल उठाउन र बेच्न नपाएर ठूलो मारमा परेकोले राणाले यथाशिघ्र समस्या समाधान गर्न राणाले सरकारलाई आग्रह गरेका छन् ।

‘किसानले फसल उठाएर लाभ लिने बेलामा महामारी फैलिएको छ । बन्दाबन्दीमा बाली उपभोक्तासम्म पुर्याउन संभव छैन । उत्पादन त्यसै बिग्रीएर खेर जाने अवस्था छ । तथापि भारतबाट तरकारी नियमित भित्रिएको छ,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘यसैले स्वदेशी किसानको संकट दूर गर्न, आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दछु ।’

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ४ : ३२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५