एम्बुलेन्सले लान नमानेपछि कोरोना निको भएका युवा लिन आफैं आए जिल्ला अस्पतालका अध्यक्ष | Khabarhub Khabarhub

एम्बुलेन्सले लान नमानेपछि कोरोना निको भएका युवा लिन आफैं आए जिल्ला अस्पतालका अध्यक्ष


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २९ दिनदेखि आइसोलेसनमा रहेका ३२ वर्षीय कोरोना संक्रमित युवा निको भए ।

अस्पतालले पछिल्लो पटक थ्रोड स्वाब लिएर प्रयोगशालामा परीक्षण गर्दा ती युवामा कोरोना नेगेटिभ आयो अर्थात् उनले कोरोनालाई जिते ।

चैत ६ गते दुबईबाट काठमाडौं आएका उनमा काठमाडौं मै रहदा भाइरसको लक्षण देखिएपछि आफैं अस्पतालमा पुुगेका थिए । कोरोना संक्रमण भएको पुष्टि भएपछि उनी चैत ११ गतेदेखि नै शुक्रराज अस्पतालको आइसोलेसनमा थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बुुधबार(हिजो)को लाइभ अपडेटमा धादिङका ३२ वर्षीय पुरुष कोरोना निको भएर डिस्चार्जको तयारीमा रहेको बताएका थिए ।

प्रवक्ता देवकोटाले धादिङका युवा डिस्चार्जको तयारीमा रहेको बताइरहँदा शुक्रराज अस्पतालबाट घर(धादिङ) पुु¥याउने साधन भेटिएन ।
धादिङको नेत्रावती वडजोङ गाउँपालिकाका ती युवालाई काठमाडौंका एम्बुलेन्सले लैजान मानेनन् ।

अस्पतालले बिरामी निको भएपछि डिस्चार्ज गर्ने हो तर कोरोना भाइरसको संक्रमण भर्खरै निको भएका युवालाई अस्पतालले डिस्चार्ज पेपर दिएर छाड्ने कुरा पनि थिएन ।

‘हाम्रो अस्पतालमा हुनुुभएका कोरोना संक्रमित निको हुनुुभएको हो, उहाँलाई बुधबार नै डिस्चार्ज गर्ने भनेका थियौं, तर काठमाडौंमा उहाँको घर छैन, पहिला उहाँ बसेको होटलले पनि बस्न दिँदैन, धादिङमा पठाउन साधन पाउँदैन,’ अस्पतालका निर्देशक डाक्टर सागरराज भण्डारीले खबरहबसँग भनेका थिए ।

अस्पताबाट लैजाने सबारीसाधन नभएपछि अस्पतालका निर्देशक भण्डारीले संक्रमण निको भएका युवकको गाउँपालिकामा सम्पर्क गरे ।
कोरोनालाई जितेका धादिङका युवा सवारी साधन नहुदा अस्पतालबाट डिस्चार्ज हुन समस्या भएको जानकारी पाएपछि हामीले पनि नेत्रावती गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्ण पौडेललाई सम्पर्क गर्‍यौं ।

पौडेलले संक्रमण निको भएका युवाको परिवासँग सम्पर्क भएको जानकारी गराए ।

पौडेलका अनुसार उनले काठमाडौंमै बस्ने र त्यसका लागि खर्च व्यवस्थापन गरिदिन गाउँपालिकासँग आग्रह गरेका थिए ।

‘हामीले उहाँको परिवारसँग कुरा गरेका थियौं र गाउँमा ल्याउने तयारी गरेका थियौं, पौडेलले भने, तर उहाँले मिलेमा काठमाडौंमा नै बस्ने बताउँनु भयो । हामीले खर्च दिने भनेका थियौं ।’

काठमाडौंमा बस्ने स्थानको व्यवस्थापन मिल्न सकेन । निको भएपनि उनी बुधवार अस्पतालमा नै बसे ।

काठमाडौंमा बस्ने व्यवस्थापन नमिलेपछि उनलाई घर फर्काउन नेत्रावती गाउँपालिकाले बिहीबार बिहानैदेखि एम्बुलेन्स व्यवस्थापनको काम थाल्यो । तर उनलाई टेकु अस्पताल पुगेर घर लैजान धादिङका एम्बुलेन्स तयार भएनन् ।

कोरोना निको भइसक्दा पनि घर फर्काउने साधन नपाएपछि जिल्ला अस्पताल धादिङका व्यवस्थापन समिति अध्यक्ष आफ्नै सवारीसाधन लिएर काठमाडौं जान तयार भए ।

अध्यक्ष महेन्द्र बहादुर धमला कोरोना संक्रमणलाई जितेका युवालाई लिन आफ्नै गाडी लिएर टेकु आए ।

साधनको व्यवस्था भएसँगै अस्पतालले निको भएका युवालाई विहीबार(आज) डिस्चार्ज गर्यो ।

‘एम्बुलेन्स लिन आउन मानेन् भनेर जिल्ला अस्पताल धादिङका अध्यक्ष आफैं लिन आउनुभएपछि हामीले युवालाई आज डिस्चार्ज गरिदियौं,’ शुक्रराज अस्पतालका निर्देशक डा भण्डारीले खबरहबसँग भने, ‘उहाँलाई धादिङबेशीमै राख्ने कुरा भएको छ । अहिले नै घरमै चाँही जानुहुन्न ।’

‘युवाको घरमा बाबुआमा हुनुहुन्छ, घरमा क्वारेन्टाइनमा बस्ने स्थान पनि अभाव छ भन्ने कुरा आएकोले उहाँकै इच्छामा नै जिल्ला अस्पतालले बनाएको क्वारेन्टाइनमा राख्न लागेका छौं ’ धादिङ अस्पतालका अध्यक्ष धमलाले भने ।

युवाको घर पुग्न भने धादिङबेशीबाट ३६ किलोमिटर कच्ची सडक पार गर्नु पर्छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ६ : ५९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०