सीडीओहरुलाई प्रभावकारी समन्वय गर्न मुख्यमन्त्रीको निर्देशन « Khabarhub

सीडीओहरुलाई प्रभावकारी समन्वय गर्न मुख्यमन्त्रीको निर्देशन


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँका १० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई कोरोना भाइरसको संक्रमणविरुद्ध प्रभावकारी समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री शाहीले बिहीबार १० जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भिडियो कन्फ्रेन्समार्फत जिल्लाको समस्यामा प्रभावकारी समन्वय गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री शाहीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को जोखिमबाट बच्न सावधानीपूर्वक काममा खटिन सीडीओहरुलाई सुझाव समेत दिए ।

मुख्यमन्त्री शाहीले भने, ‘घर परिवार भित्रकै जनशक्तिको प्रयोगबाट मौसमी कृषि कार्य गर्न स्थानीयसँग सहजीकरण र कम जनशक्ति एवं मेसिनको प्रयोगबाट हुने विकास निर्माणका कार्यको व्यवस्था मिलाउनोस् ।’

अति समस्यामा रहेका कारण स्थानीय तहको समन्वयमा जिल्ला भित्रिएका मजदूर विद्यार्थीलगायत सबै नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्न र लकडाउन लम्बिदा हुन सक्ने खाद्य सङ्कटको समाधानमा आवश्यक समन्वय गर्न उनले सीडीओहरुलाई निर्देशन दिए ।

भिडियो कन्फ्रेन्समार्फत मुख्यमन्त्री शाहीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार कार्यका सम्बन्धमा जिल्लामा भइरहेका काम कारवाहीको बारेमासमेत जानकारी लिए ।

कोरोना महामारीको विषम परिस्थितिसँग जुध्न र शान्ति सुरक्षा कायम राख्न प्रजिअलाई अहोरात्र खटिन भन्दै उनले जिल्लाको समस्या समाधानमा कर्णाली सरकार सहयोग गर्न तत्पर रहेको बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ७ : ३० बजे

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते